
सिन्धुली । सिन्धुलीमा पारा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
सिन्धुली अपांङग महिला संघ सिन्धुलीको आयोजनामा पारा खेलकुद प्रतियोगिता सम्पन्न भएको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका नगर खेलकुद बिकास समितिको सहयोगमा शारीरिक अपांङग भएका ब्यक्तिहरुका लागि ह्विलचियर दौड प्रतियोगिता, बहिरा ब्यक्तिहरुकालागि ब्याडमिन्टन र बौद्धिक अपांङग भएका ब्यक्तिहरुकालागी बोसिया खेल प्रतियोगिता सम्पन्न भएको हो ।
शारिरिक अपांङग भएका ब्यक्तिहरुका लागी ह्विलचियर दौड प्रतियोगितामा तिनपाटन–१ बेलघारिका जितबहादुर आले प्रथम भएका छन भने, सोही प्रतियोगितामा कमलामाइ नपा–५ का बिश्वलाल थिङ द्वितीय र कमलामाइ नपा–७ की चमलादेबी कार्की तृतीय भएकी छिन ।
बहिरा ब्यक्तिहरुका लागी आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगितामा खयरमारा–११ का निराजन स्याङ्तान प्रथम भएका थिए भने सोही खेलमा कमलामाइ नपा–१२ की खेमकुमारी सिंजाली मगर द्वितीय भइन भने महोत्तरीकी खुसबु महत्तोले तृतीय स्थान हासिल गरिन् ।
बौद्धिक अपांङग भएका ब्यक्ति लक्षित आयोजना गरिएको बोसिया खेल प्रतियोगितामा भने कमलामाइ नपा–६ की सरिता भोलन प्रथम भएकी छिन भन कमलामाइ नपा–४ की अनिशा स्याङ्तानले दोश्रो स्थान र कमलामाइ नपा–५ की साबित्रा कार्की तेस्रो भईन ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेर विजयी हुने प्रतियोगीलाई एक कार्यक्रमका बीच नगद, मेडल र प्रमाण–पत्र समेत प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्