२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


अर्घाखाँचीमा विद्यालयलाई ५० लाख सहयोग


3.068k
Shares

अर्घाखाँची । अर्घाखाँचीको एक विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा रहेको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयलाई हिरक महोत्सवको अवसर पारी आर्थिक सहयोग भएको विद्यालयले जनाएको छ ।

विद्यालयका संस्थापक अध्यक्ष स्व. नेत्रलाल ज्ञवालीको छोरा विश्वमणि ज्ञवाली र शहिद स्व. राममणी ज्ञवालीकी श्रीमती कल्पना ज्ञवालीले संयुक्त रुपमा विद्यालयलाई ५० लाख १ हजार १ रुपँयाको चेक हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर खनालले बताउनुभयो ।

उक्त रकमबाट विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि अक्षयकोष स्थापना स्वरुप सहयोग भएको बताउनुभयो। बुधबार सभामुख देवराज घिमिरे र सासंद टोपबहादुर रायमाझी सहभागी कार्यक्रममा सहयोगी दातालाई सम्मान पत्र समेत हस्तान्तरण गरिएको थियो ।

१९९० मा छत्रदेव गाउँपालिका वडा नम्बर २ बल्कोट पैवाबाट प्राथामिक तहबाट पठनपान सुरु गरेको विद्यालय जिल्लाको पुरानो विद्यायको रुपमा चिनिन्छ । यस्तै २०२० सालमा त्यस विद्याललाई वडा नम्बर ४ केरुङ्गा बल्कोटमा सारी माध्यमीक तह सम्म पठनपाठन सुरु भएको बताएको छ ।

अबको ६ महिना पछि महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको नामाङ्कन परिवर्तन भएर महेन्द्र विद्यावोध नेत्र राममणी माध्यमिक विद्यालयको नाम हुने विद्यालयले जनाएको छ ।