३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


धान नाँच प्रतियोगितामा सेत्माङलुङ तेह्रथुम पहिलाे


2.483k
Shares

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ सिधुवामा चण्डी पूर्णिमा रगरगे मेलाको अवसरमा आयोजित धान नाँच प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न भएकाे प्रतियोगितामा सेत्माङलुङ धान नाँच टोली छथर गाउँपालिका तेह्रथुम पहिलाे भएको हाे । प्रतियोगितामा पहिलाे भएसँगै सेत्माङल्ङले नगद २० हजार १ सय १५ प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै सेमी धान नाँच समूह छथर जोरपाटी ५ धनकुटा दोश्रो भएको छ । दोश्रो भएसँगै १५ हजार १ सय १५ प्रमाणपत्र पाप्त गरेको छ ।

प्रतियोगितामा अम्फुवा केलाङ सयङ म्याङलुङ नगरपालिका ५ तेह्रथुम तेश्रो भएको छ । तेश्रो भएसँगै १० हजार १ सय १५ नगद प्रमाणपत्र पाउने छन् । पुरस्कृत भएका समूहहरुलाई छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा, उपाध्यक्ष गीता गुरुङ र छथर गाउँपालिका तेह्रथुमका अध्यक्ष सन्तोष तिगेलाले पुरस्कार वितरण गरेका थिए ।

लोप हुँदै गएको कला संस्कृतिलाई संरक्षण गर्ने उदेश्यका साथ धान नाँच प्रतियोगिताको आयोजना गरिएको छथर जोरपाटी गाउँपालिका-६ का वडाध्यक्ष दिपक गुरुङले बताउनुभयो । प्रतियोगितामा तेह्रथुम र धनकुटा जिल्लाका ५ समूहको सहभागीता रहेको थियो । द्धन्द्धका कारण लाग्न छाडेको मेला यस वर्षदेखि पुनः मेला लगाउन थालिएको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई सम्पन्न गराउन सहयोग गर्ने संघ संस्था तथा दाताहरुलाई सम्मानपत्रसहित सम्मान गरिएको छ ।