
काठमाडाैं । २५६७ औ बुद्ध जयन्ती अर्थात अन्तर्राष्ट्रिय वैशाख डे तेस्रो पटक अमेरिकाको ह्वाइट हाउसमा मनाइएकाे छ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् एवं सेकेन्ड जेन्टलम्यान डगलस एम्हफ, थेरवाद, महायान र वज्रयानका बौद्ध भिक्षु तथा गुरुहरुले संयुक्त रूपमा शुक्रबार शान्ति दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाएका हुन्।
समारोहमा नेपाल, श्रीलंका, थाइल्याण्ड र कम्बोडिया देशका राजदूतहरू तथा मंगोलिया, भारत र इन्डोनेसिया लगायत देशका प्रतिनिधिहरूको उपस्थिति थियो ।इन्टनेशनल बुद्धिष्ट एशोसिएसन अफ अमेरिकाका अध्यक्ष वागमो डिक्सेले संयोजन गरेको सो बाैद्ध समारोहमा अमेरिकाका थाई, कोरियन, तिब्बतीयन बौद्ध भिक्षु तथा गुरु र ह्वाइट हाउसका कर्मचारीहरूले बुद्ध बन्दना गरेका थिए ।
शान्तिदीप बाल्दै सेकेन्ड जेन्टलम्यान एम्हफ, बौद्ध भिक्षु तथा गुरु र अध्यक्ष डिक्से लोकतान्त्रिक देश अमेरिकामा तीनै वटा बौद्ध परम्परा अनुसार ह्वाइट हाउस भित्र बुद्ध जयन्ती मनाउनु ठूलो उपलब्धि र बुद्धका शिक्षाहरू प्रतिबिम्बित गर्ने समय भएको बताए। सन् २०२१ मा पहिलो पटक ह्वाइट हाउसमा औपचारिक रूपमा बुद्ध जयन्ती मनाएको थियो।




प्रतिक्रिया दिनुहोस्