
इलाम । इलामको सन्दकपुर गाउँपालिका पानीको स्रोत मात्र हैन, इलाम सदरमुकामका नागरिकको तीर्खा मेटाउने खानेपानी स्रोत पनि हो ।
सिमसार र नदी नालाको मुहान क्षेत्र रहेको सन्दकपुर क्षेत्रको हिमाली क्षेत्रमा अहिले वन संरक्षणका काम पनि धमाधम भएका हुन् । सिमसार संरक्षणको थालनी पालिकाको पहिलो ५ वर्षे कार्यकालमा नै भएको थियो ।
सन्दकपुर गाउँपालिका इलामको शिर हो । सन्दकपुर मुहान भएर बन्ने नदीले इलाममा मात्रै नभएर झापामा हजारौँ हेक्टर जमिन सिंचाईसँगै खानेपानीको श्रोत पनि भएको छ । सन्दकपुर पुवा, माई, राते, मेवा, धुवा, जमुना, इङ्ला र गिताङ खोलाको मुहान क्षेत्र हो ।
यी खोला मिसिएर बनेको नदीलाई इलामको चुरे क्षेत्र र झापामा कन्काई नदी भनिन्छ । लाखौंको जीविपोपार्जनको माध्यम बनेको नदीको मुहान क्षेत्र रहेका र सिमसार क्षेत्र संरक्षण सन्दकपुर पालिकाको प्राथमिकता हो । सिमसार क्षेत्रमा जैविक विविधता संरक्षणसँगै वृक्षारोपणको काम हुँदै आएको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताउनुभयो ।
सिमसार संरक्षणको थालनी पालिकाको पहिलो ५ वर्षे कार्यकालमा नै भएको थियो । नेपाल र भारत सीमा क्षेत्रका उजाड डाँडाहरुमा वृक्षारोपण गर्ने निति लिएको पालिकाले स्थानीय जातका रुख र विरुवाको नर्सरी नै स्थापना गरेको छ । नर्सरीमा उत्पादन भएको विरुवा सामुदायिक वन समूहको समन्वयमा वृक्षारोपण हुँदै आएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताउनुभयो ।
भारतसँग सीमा जोडिएको सन्दकपुरको भारतीय भू–भागमा सिंहलिला संरक्षित क्षेत्र छ । जसका कारण सयौं चराहरु र वन्यजन्तुको बास नेपालपट्टी पनि हुने भएकाले वन संरक्षण र विस्तारमा पालिकाले लगानी गर्दै आएको हो ।
प्रतिक्रिया दिनुहोस्