२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

शुक्रबारदेखि बेपत्ता झापाका पराजुली मृत फेला


858
Shares

ताप्लेजुङ । पाथिभरा मन्दिर दर्शनका लागि जाने क्रममा गत शुक्रबारदेखि बेपत्ता झापाको अर्जुनधारा नगरपालिका-५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला परेका छन् ।

पाथिभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीदेखि करिब अढाई किलोमिटर उत्तर तर्फको जंगलमा आज (बुधबार) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको हाे । मानसिक रुपमा सामान्य अस्वस्थ रहेका करिब ६० वर्षीय पराजुली बुधबार बिहान मृत अवस्थामा फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार भरिया मार्फत पाथिभरा मन्दिर जाँदै गर्दा बीचबाटोमै पिसाब फेर्न भन्दै निस्किएका पराजुली उक्त समयदेखि नै बेपत्ता भएका थिए । पिसाब फेर्न निस्किएका पराजुली लामो समयसम्म नफर्किएपछि आफन्त, स्थानीय र प्रहरीको टोली खोजीकार्यमा लागेको थियो ।

झापाबाट यहि वैशाख १९ गते श्रीमती, छोरा-बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली गत बुधबार राति माथिल्लो फेदी स्थित होटलमा बसेर बिहान भरिया मार्फत मन्दिरतर्फ गएका थिए ।पराजुलीको शव कानूनी प्रक्रिया पूरा गरेर निकाल्ने तयारी भएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।