१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गर्मीसँगै बढ्यो मौसमी रोगको संक्रमण


2.873k
Shares

काठमाडौं । पछिल्ला केही दिनयता मुलुकका विभिन्न स्थानमा गर्मी बढेको छ । गर्मी बढेर आएको मौसम परिवर्तनसँगै विभिन्न रोगका संक्रमण पनि देखा पर्न थालेका छन् । गर्मीसँगै मौसमी रोगको संक्रमण पनि बढ्न थालेको छ ।

सामान्यतया नेपालमा वर्षमा दुईपटक मौसमी रोग देखिने गर्दछ । जाडो याम सकिएपछि चैत्र बैशाखतिर र बर्खा सकिने भदौतिर मौसमी भाइरलका कारण हुने विमारी बढ्ने गरेको चिकित्सकहरु बताउँछन् । यस समयमा रूघाखोकीलगायत भाइरस र ब्याक्टेरीयाका कारण हुने संक्रमणका बिरामीहरु बढ्ने गर्दछन् ।

वर्षा हुने र गर्मी बढ्ने समयमा बिरामीलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र टाउको दुख्ने जस्ता लक्ष्ण देखिन्छन् । त्यस्तै, गर्मी महिनामा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी, किर्नाबाट सर्ने स्क्रपटाईफासलगायतका संक्रमणको सम्भावना पनि उत्तिकै हुन्छ । अहिले गाम्रीण क्षेत्रमा मुसाको पिसाबबाट लाग्ने लेक्टोस्पारोसीस रोग तथा तराईका क्षेत्रहरुमा सर्पदंशका बिरामी पनि बढेका छन् भने ज्वरो, टाइफाईड, स्क्रबटाफसका बिरामीहरु पनि बढ्दै छन् ।

त्यस्तै, डेंगी लागेको शंकामा अस्पताल पुग्ने कतिपय बिरामीलाई मौसमी रोग लागेको देखिएको छ । खानपान र सरसफाईमा ध्यान पुर्‍याउन सके यस्ता रोगबाट बच्न सकिने सरुवा रोग विशेषज्ञ डा. शरबहादुर पुन बताउनुहुन्छ ।

मौसम परिवर्तनसँगै मानिसको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति कम हुने भएकाले संक्रमण बढ्ने चिकित्सकहरुले बताएका छन् । बासी, सडेगलेका खानेकुरा नखाने, सफा पानी पिउने, घाममा धेरै बाहिर ननिस्कने तथा विरामी भइहालेपनि जथावाभी औषधीहरु सेवन नगर्न चिकित्सक सुभाव दिन्छन् ।

गर्मी शुरुसँगै देशको सबै क्षेत्रमा विभिन्न रोगको संक्रमण बढ्ने खतरा भएकाले यसबाट बच्न सबैले सन्तुलित खानपानसहित जीवनशैलीमा ध्यान दिन जरुरी छ । सामान्यतया युवाहरुको तुलनामा जेष्ठ नागरिक, बालबालिका र अस्वस्थलाई मौसमी रोगले सताउने गरेको छ । त्यसैले सामान्य समस्या भएपनि बेलैमा सचेत भएमा रोकथाममा लाग्न जरुरी छ ।