१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्रेड युनियन कांग्रेस ताप्लेजुङको अध्यक्षमा कार्की


351
Shares

ताप्लेजुङ । नेपाल ट्रेड युनियन कांग्रेस ताप्लेजुङको अध्यक्षमा खगेन्द्रकुमार कार्की चयन हुनुभएको छ ।

सदरमुकाम फुङलिङमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट कार्की अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको हो ।

यस्तै, उपाध्यक्षहरुमा क्रमशः पृथ्वीनारायण गौतम, शान्ति मादेन, पेम्बा शेर्पा र दिपक यक्सो (लिम्बू) चयन हुनुभएको छ । सचिवमा फुर्वा शेर्पा, दुई सह-सचिवमा सुरेश निरौला र भिम समशेर तुम्बाहाम्फे तथा कोषाध्यक्ष र सह-कोषाध्यक्षमा क्रमशः कमला दुम्जन (तामाङ) र तारा गुरुङ चयन हुनुभएको युनियनका पूर्व सचिव गणेश सिग्देलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सन्दिप सुबेदी, गणेशकुमार मगर, धर्मेन्द्र ठाकुर, सिता श्रेष्ठ र भुमिका श्रेष्ठ सदस्य रहनुभएको छ ।

तीन सदस्य र एक उपाध्यक्ष भने निर्वाचित कार्य समितिको पहिलो बैठकबाट मनोनित गरिने जनाईएको छ ।

यसैबीच केन्द्रीय प्रतिनिधिमा गणेशबहादुर मगर र प्रदेशमा देउमाया ओझा छनौट हुनुभएको बताईएको छ ।