१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘जंक फुड’को लतले बालबालिकामा बढ्दै स्वास्थ्य समस्या


884
Shares

जंक फुडले बालबालिकाको स्वास्थ्य समस्या बढ्यो, घरायसी खाद्यान्नमा प्रेरित गर्न अभिभावकलाई चिकित्सकको सल्लाह

काठमाडौं । मान्छेले सामान्यता मिठो स्वाद भएका खानेकुरा बढी मन पराउँछन् । स्वास्थ्यवद्र्धक भन्दा स्वादिलो खोज्ने प्रवृत्तिकै कारण बजारमा जंक फुडको अत्यधिक माग छ । उपभोक्तालाई आकर्षित गर्न जंक फुड कम्पनीले उत्पादनमा विभिन्न तत्वहरुको प्रयोग गरेका हुन्छन । यस्ता जंक फुड स्वास्थ्यका दृष्टिले मात्र होइन बालबालिकाको शारीरिक र बौद्धिक विकासका दृष्टिले समेत हानिकारक प्रमाणित भएको छ ।

घरको मौलिक खाना नखाएर बजारमा पाइने तयारी खाद्यान्नका कारण विरामी हुनेहरु बढ्दो क्रममा छन् । सामान्यतया स्वाद मात्र मीठो हुने मो मो, चाउमीन, पानीपुरी चटपटे, कुरकुरे, चिप्स लगाएतका बजारीया खानेकुराका कारण विरामी हुनेहरुको संख्या दिनप्रतिदिन बढेको छ ।

जंक फुडको प्रयोग सबै उमेर समुहले गरेपनि बालबालीका हरु अझ बढी यसको शिकार बन्ने गरेका छन् । नेपालमा जंक फुड खाएर विरामी भएका बच्चाहरूको कुनै तथ्यांक नभए पनि जंक फुड र फास्ट फुडको प्रयोगले बालबालिकाहरू कुपोषणसँगै अन्य थुप्रै रोगको सिकार भइरहेको विज्ञहरु बताउँछन् । जंक फुड या फास्ट फुडमा क्याल्सियम, जिङ्क, भिटामिन ए, थायामिन, रिबोफ्लेभिन, भिटामिन बी र फोलेटको लगाएतका पोषक तत्वहरुको निकै कमी भएको बालरोग विशेषज्ञ डा. विमल लाल कर्ण बताउनुहुन्छ ।

व्यस्तताको कारण आफ्नो भान्सामा पकाएर खाने चलन घट्दै गर्दा फास्ट फुड या जंक फुड खाने चलन नेपाल सहित विश्वभरनै बढेको पाईन्छ । त्यस्तै, अभिभावकहरू कार्यालय लाने तथा व्यस्त हुने हुनाले जंक फुड खाने बालबालिकाको संख्या बढिरहेको देखिन्छ । बजारमा पाइने रेडिमेड खाना बनाउन सजिलो, कम समय लाग्ने र स्वादिलो पनि हुने हुनाले अभिभावक आफ्ना बच्चालाई खाजाको रुपमा जंक फुडकै प्रयोग गर्ने गरेको पाईन्छ । किशोर किशोरी तथा बालबालिका जंक फुडको प्रयोगका कारण घरको खाना नै नखाने अवस्थामा पुगेका छन् ।

दाल, भात, तरकारी, कोदो, फापरलगायतका खाद्य तत्व खाएमा शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुन्छ भन्ने धेरैलाई थाहा भए पनि बेवास्ता गरेको पाइन्छ । त्यस्तै, सानो उमेरदेखि नै घरमै बनाएको खानेकुरा खाने बानी पारे बालबालिकाहरु जंक फुडखाने बानी हुँदैन । सजिलोका लागि रोजिने जंक फुडका कारण सामान्यदेखि घातक रोग लाग्ने जोखिम हुने यस्तो प्रकारका खानाबाट टाढा बस्नु उपयुक्त हुन्छ ।