१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेह्रथुममा विद्यार्थीलाई उद्यमशीलता सम्बन्धी तालिम


208
Shares

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाको बसन्तपुरमा उद्यमशीलता अभिप्रेरणा कार्याशाला गोष्ठी बिहीबारदेखि सुरु भएको छ ।

विद्यार्थीहरुलाई उद्यमी बनाउने उदेश्यका साथ याे गाष्ठीकाे सुरू गरिएकाे हाे । गोष्ठी विश्वविद्यालय अनुदान आयोग नेपालको आर्थिक सहयोगमा बसन्त बहुमुखी क्याम्पसले आयोजना गरेको हो। दुई दिनसम्म संचालन हुने गोष्ठीमा तेह्रथुमसहित धनकुटा र संखुवासभाका ५ सामुदायिक क्याम्पसका प्रध्यापक र विद्यार्थी गरी ५० जना बढी सहभागिता भएका छन् । नयाँ सोचका साथ उद्यम गर्ने हो भने आफ्नो व्यवसायमा जोड दिनुपर्ने तालिममा सहभागी टंक थापाले बताउनुभयो।

तालिममा नेपालमा पर्यटन व्यवसायको सम्भावना अवसर, समस्या चुनौती र ग्रामीण पर्यटन, कृषि पर्यटन, स्थानीय उत्पादनको बजारीकरण र होटल व्यवसायको सम्भावना लगायतको विषयमा छलफल भइरहेको छ । उच्च शिक्षामा अध्ययन गर्ने विद्यार्थीहरु अध्ययनसँगै व्यवसायप्रति पनि जागरूकता गर्ने उदेश्य रहेको बसन्त बहुमुखी क्याम्पस तेह्रथुमका प्रमुख भिमप्रसाद दाहालले बताउनुभयो ।

विद्यार्थीलाई उच्च शिक्षा अध्ययनसँगै उद्यम सिर्जनामा अभिप्रेरित गर्ने तालिममा विषयवस्तुहरु समावेश गरिएका छन् । पर्यटनमैत्री वातारण, लगानी सुरक्षित, बजारीकरणका र पूर्वाधार विकासमा जोड दिन सकेमा युवाहरु उद्यमतर्फ आउने पूर्वप्रदेशमन्त्री लछुमन तिवारीले बताउनुभयाे ।

तालिमको पहिलो दिन पूर्वमन्त्री तिवारी सप्तकोशी डेब्लमेन्ट बैकका प्रमुख कार्यकारी अधिकृत कुमार खड्का र बसन्त बहुमुखी क्याक्पसका पूर्व क्याक्पस प्रमुख गणेश बरालले सहजीकरण गरेका थिए । तालिम आज शुक्रबार सम्पन्न हुने आयोजकले जनाएको छ ।