
तेह्रथुम । तेह्रथुमको म्याङलुङमा श्रीमानले आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरी घाइते बनाएका छन् ।
फेदाप गाउँपालिका–४ सम्दु घर भई म्याङलुङमा डेरा गरी बस्दै आएका ३२ वर्षीय मदन राईले घरायसी विवादका कारण श्रीमती २३ वर्षीय तृसना राईलाई शुक्रबार दिउँसो चक्कु प्रहार गरेर घाइते बनाएका हुन् ।
घाइते तृसनाको पाखुरामा चोट लागेको छ । घरायसी विवादमा मदनले श्रीमतीलाई एक्कासी चक्कु प्रहार गरेपछि उनलाई रोक्न खोज्दा ५० वर्षीय भिमकुमारी तुम्बाहाम्फे पनि घाइते भएकी छन् ।
उनको चिउडोमा गहिरो चोट लागेको र घाइते दुवै जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचार भइरहेको प्रहरी निरीक्षक छेपिञ्जो भोटेले जानकारी दिनुभयो । उहाँका अनुसार चक्कु प्रहार गर्ने मदनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ ।
घाइते तृसनाले ३ हप्ता अघि दोश्रो विवाह गरेको कारण रिसमा श्रीमानले चक्कु प्रहार गरेको हुन सक्ने मदनका परिवारले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्