६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मुलघाटबाट १७ बोरा गाजा बरामद


338
Shares

धनकुटा । मुलघाटबाट १७ बोरा गाजा प्रहरीले बरामद गरेको छ ।

मुलघाटबाट को १ ख ३३६७ नम्बरको मिनिट्रकमा लैजाँदै गरेको ५ सय किलो गाजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । चेक जाँचका लागि रोक्न खोज्दा गुडिरहेको गाडी छाडेर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

भाग्दै गरेका ट्रक चालकलाई समाउन खोज्दा मुलघाट चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार शेरबहादुर तामाङ घाइते हुनुभएकाे छ। गाजा ओसारपसराका लागि प्रयोग भएको मिनिट्रक जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ ।

फरार भएका चालकको खोजी कार्य र अन्य अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।