
धनकुटा । स्थानीयवासीले जग्गा उपलब्ध गराएपछि धनकुटाको बिहीबारे हटिया हुँदै तेह्रथुमको म्याङलुङ जोड्ने सडक निर्माणको कामले तीव्रता पाएको छ ।
आयोजना प्रभावित क्षेत्र धनकुटाको बिहीबारे हटिया–कर्मिटाहार खण्डमा पर्ने ३० भन्दा बढी घर स्थानीयले आफैं भत्काएर सडक निर्माणका लागि सजिलो पारेका हुन् । आगामी असार मसान्तभित्र याे सडककाे कालोपत्रेकाे काम सम्पन्न गर्ने याेजना रहेकाे छ ।
आयोजनाको बिहीबारे हटिया, कर्मिटाहार, बन्चरे र तेलिया हुँदै ताम्लिङ्गसम्मको २३ किलोमिटर खण्डमा बेस, सब बेस, नाला र पर्खाल निर्माणकाे काम सम्पन्न भएको छ । ताम्लिङबाट कालोपत्रेका लागि प्राइमकोट लगाउने कार्यलाई तीव्रता दिएको छ ।
५८ करोड रुपैयाँ लागत रहेको सडक धनकुटाबाट तेलिया र शुक्रबारे हुँदै तेह्रथुम सदरमुकाम म्याङलुङ जोड्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्