२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

मौसमी फ्लूका कारण बालबालिकामा छाला सम्बन्धी रोगको समस्या बढ्यो


338
Shares

काठमाडौं । बालबालिकालाई हरेक मौसममा विभिन्न रोगको जोखिम हुने गर्दछ । हात नधोई खाने, धुलोमा खेल्ने, जथाभावी खानेलगायतका कारणले बालबालिकामा अझ बढी रोगको जोखिम हुने चिकित्सकहरु बताउँछन् । विषेश गरि गर्मी याममा बालबालकामा मौसमी फ्लुसँगै छालाका समस्या, ठेउलालगायतका समस्या देखा पर्दछन् ।

बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरुको विशेष स्याहार गर्नुपर्छ । गर्मी महिनामा बच्चामा देखिने प्रमुख समस्या भनेको झाडापखाला हुने, वान्ता हुने, छालाको समस्या, रुघाखोकी लगायत हुन् । यस्ता, समस्या गर्मीमा मात्र नभएर जाडोमा समेत देखिएपनि गर्मी मौसममा बढी देखिने गर्दछ ।

मौसम परीवर्तनसँगै बच्चालाई झाडापखालाले सताउने गर्दछ । वर्षायाममा बढी मात्रामा पानी दूषित हुने भएकाले यस्ता समस्या समस्या बढी देखिन्छ । यसबाहेक बच्चाले गर्मी मौसममा घर बाहिरको खाना खाने, चिसो पेय पदार्थ खाने तथा फ्रिजमा राखेको बासी खानेकुरा खाँदा बढी बिरामी परेको पाइन्छ । त्यस्तै, फ्रिजमा राख्ने दूध तथा मासुजन्य खानेकुराको तापक्रमको मात्रा नमिल्दा पनि झाडापखाला तथा वान्ता हुने समस्या देखिन्छ ।

त्यस्तै, गर्मी मौसममा शरीरमा पानीको मात्रा कम हुने हुँदा अभिभावकले बालबालिकालाई मात्रा अनुसार पानी खुवाउनु पर्दछ । गर्मी मौसममा धुवाँ धूलोको कारण वातावरण प्रदूषित भई श्वासप्रस्वास सम्बन्धी समस्या पनि हुने गर्दछ । यो मौसममा बच्चाको छाती घ्यार घ्यार हुने र घाँटी दुख्ने समस्या पनि देखा पर्छ ।

श्वासप्रस्वास सम्बन्धी समस्याका कारण रुघाखोकीसहित निमोनिया पनि हुन सक्ने चिकित्सकहरु बताउँछन् । गर्मी मौसममा बच्चालाई छाला चिलाउने, घमौरा तथा खटीरा आउने जस्ता छाला सम्बन्धी समस्या देखिने गर्दछ । त्यस्तै, आँखा पाक्ने, ठेउला र हाँडेको पनि उत्तिकै जोखिम हुन्छ ।

सामान्यतया बालबालिका बिरामी भएपछि चिकित्सकको परामर्श बिना औषधि खुवाउने हुँदा पनि जोखिम हुने गर्दछ । बालबालिकालाई विज्ञको परामर्श बिना एन्टीवायोटिक लगायतका औषधी खुवाउने गर्दा त्यसले थप जोखिम निम्त्याउने हुँदा त्यसतर्फ सजक रहन बालरोग विशेषज्ञ डा. विमललाल कर्ण बताउनुहन्छ ।

बालबालिका आफंैमा संवेदनसिल हुने हुँदा उनीहरुको जिवनशैलीमा अभिभावकले विशेष ध्यान दिनुपर्छ । विषेशगरी बालबालिकाको खानपान सरसफाईमा मात्र ध्यान दिएपनि बालबालिकालाई धेरै रोगबाट जोगाउन सकिन्छ ।