
काठमाडौं । नेपाल प्राचिनकालदेखि शाक्त परम्पराको केन्द्र हो । तन्त्र, साधना र दर्शनको माध्यम मार्फत धेरै महासिद्धहरुले सिद्धी प्राप्त गरेको कथन पाइन्छ । तर, यही शाक्त परम्परामा आधारित सम्पदाको उचित संरक्षणमा सरकारको चासो कम पाइएको छ ।
नेपाल तन्त्र, साधना र दर्शनको केन्द्र हो । प्राचिनकालदेखि नेपालको पहिचान बनेका यही तन्त्रमा आधारित शाक्त परम्पराको सम्पदा उचित संरक्षणको अभावमा ओझेलमा पर्दै जान थालेका छन् ।
पाशुपत क्षेत्र ग्वलःमा रहेको भुवनेश्वरी मन्दिरको महत्व र आस्था धेरै छ तर, ७२ सालको भूकम्पमा क्षति पुगेको मन्दिरको जिर्णोद्धार हुन सकेको छैन् । हाल जस्ता पाताको छानो रहेको कलात्मक मन्दिर ठाउँ ठाउँमा चर्किएर जिर्ण बनेको छ । भुवनेश्वरीको तान्त्रिक रुपमा नित्य पूजाको लागि शुद्ध जल लिने ज्ञान हिति र ज्ञान कुण्डको मौलिक स्वरुपमा जिर्णोद्धार कार्य हुँदैछ ।
जिर्णोद्धारको क्रममा मल्ल कालिन टेराकोटाको ढुंड नाल र ईटाहरु फेला परेको थियो । ज्ञान हितिको माथि अहिले दुई वटा ठुला पोली पानी टंयाकी राखेर निमार्ण कार्य भइरहेको छ । पुरातत्व अधिकृत शुशिल कुमार गौतमले प्राप्त पुरातात्विक महत्वका सामाग्री पुरातत्व विभागले जिम्मा लगाइएको र पोली पानी टंयाकीले हितिलाई असर नपुग्ने दाबी गर्नुभयो । ज्ञान कुण्ड र ज्ञान हितिको भूमिगत जल संरचना यथावत रहेको उहाँले भन्नुभयो ।
हाल आएर ज्ञान कुण्डको जल पनि विभिन्न कारणले फोहर हुन पुगेको देखिन्छ । भुवनेश्वरी मन्दिरको मूलद्धार नै पहिले पूजारी घर थियो । तर, पञ्चायत कालमा घर अन्यत्र सारेर मूलद्धार बनाएर मन्दिर परिसरमा कंक्रिट संरचना बनाइएको थियो । गौतमको भनाइमा मन्दिर परिसरको जमिनमुनी लिच्छवी कालिन संरचना हुन सक्ने आँकलन गरिएको छ । यसको पुरातात्विक अन्वेषण हुन सके यसले ऐतिहासिक महत्व अझ झल्काउन सक्ने गौतमको तर्क छ ।
समय, काल र परिस्थिति लगायतका विभिन्न कारणले नयाँ निर्माण भएता पनि सम्पदा संरक्षणको लागि परम्परागत मौलिक रुपमा नै पुनः निमार्ण हुन आवश्यक छ । मौलिक सम्पदा हाम्रो पहिचना हो त्यसैले यसमा खेलाँची नगरि प्राचिन स्वरुपमा नै पहिचान दिनु उपयुक्त देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्