१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिंहदरबार वैद्यखानाका कार्मचारीले तलब पाएनन्


117
Shares

काठमाडौं । आयुर्वेदिक औषधिको प्रयोग बढीरहेका बेला सरकारी स्वामित्वमा रहेको सिंहदरबार वैद्यखाना भने खस्कँदै गएको छ । कुनै बेलो ठूलो नाफामा रहेको वैद्ययखानाले केही वर्षयता नाफा भन्दा पनि कर्मचारीलाई तलब दिन पनि नसक्ने अवस्थामा पुगेको छ ।

शासक र भाइ-भारदारको उपचार गराउने उद्देश्यले प्रताप मल्लको पालामा स्थापना गरिएको आयुर्वेदिक औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना पछिल्लो समय खस्किँदै गएको छ । कुनै समय आयुर्वेदिक औषधि उत्पादनमा निकै परिचित वैद्यखानाको व्यवस्थापन पक्ष कमजोर हुँदा यसको अस्तित्वमा न संकटमा परेको हो ।

आयुर्वेदिक उपचारमा एकछत्र राज गर्न सफल वैद्यखानाको व्यवस्थापन पक्ष २०६९ सम्म सबल नै थियो । कुनै समय १२५ प्रकारका औषधि उत्पादन गर्ने वैद्यखानाले चार वर्ष अगाडि ७८ प्रकारको औषधि उत्पादनमा गर्दै आएको थियो । त्यही उत्पादन पनि घटेर गत वर्ष वैद्यखानाको उत्पादन १८ प्रकारमा सीमित भएको छ । हाल वैद्यखानामा २५ प्रकारका औषधि उत्पादनमा हुन थालेको छ ।

प्रबन्ध निर्देशक फेरवदलमा रुमलिँदा वैद्यखाना अस्तव्यवस्त भएको हो । श्रोत साधनको कमि, अस्थिर नेतृत्वले संस्था दुरावस्थामा पुगेको वैद्यखाना विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. रामदेव यादवले बताउनुभयो ।

वैद्यखानामा हाल ४३ कर्मचारी रहेका छन् । महिनौसम्मको तलब भत्ता वक्यौता रहने, अवकाश लिन चाहाने कर्मचारीलाई उपदानलगायतका सुविधाको टुङ्गो नहुने हुँदा कर्मचारीमा पनि चरम असन्तुष्टी छ ।

वैद्यखानाको च्यावनप्रास, शिलाजित र तुलसी चिया उपभोक्तामाझ निकै लोकप्रिय छन् । उत्पादन भए वैद्यखानाको एउटै बिक्री कक्षबाट दिनको एक लाखसम्म बिक्री हुने कर्मचारी बताउँछन् ।

तर, हाल मुस्किलले दैनिक २० हजार रुपैयाँ बराबरको मात्र बिक्री हुँदै आएको छ । वैद्यखानाका देशभर गरी १३ वटा होलसेल कम्पनीसहित बिक्री कक्ष सञ्चालनमा छन् । वैद्यखानाले उत्पादननै कम गर्ने र त्यो उत्पादनको रकम कर्मचारीलाई तलब दिन पनि अपुग हुँदा कच्चा पदार्थ ल्याउनै समस्या भएको हो ।

लामो समयदेखि उत्पादनमै समस्या भोगेपनि वैद्यखानाको औषधिले जनमानसमा भरोसा पनि दिने गरेको छ । उत्पादन बढाउन सके वैद्यखानालाई बजार अभाव हुँदैन ।

त्यस्तै, नेपालमा भौगोलिक हिसाबले पनि प्रसस्त मात्रामा जडीबुटी पाइने भएकाले पनि वैद्यखानाको उत्पादनलाई पुरानै लयमा ल्याउन सक्ने सम्भावना छ । नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिको संस्थालाई जोगाउनुका साथै उत्पादन बढाएर देशैभरी पुर्‍याउन जरुरी छ ।