१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्टमा आकर्षण


78
Shares

काठमाडौं । नेपालमा चित्रकलाको ईतिहास निकै लामो छ । विभिन्न कालखण्डमा भएका सामाजिक, सांस्कृति जनजीवन, मूल्यमान्यताका विषयमा रंगमा अभिव्यक्त गर्न युवा आकर्षित हुने गरेका छन् ।

अझ पछिल्लो समयमा विश्वविद्यालयहरुले पनि कला विषयलाई प्राथमिकताका राख्दा युवा पुस्ता सांस्कृति सम्पदाप्रति सकारात्मक बनेको हो ।

कलामा सम्पूर्ण भाषा, सङ्गीत र साहित्य अटाएको हुन्छ । संसारमै चित्रकलाको विधालाई सबैले बुझ्ने सहज विश्वभाषाका रुपमा लिइन्छ । चित्रकलालाई कलाका अन्य विधा साहित्य, सङ्गीतभन्दा उच्च र जेठो विधाका रुपमा लिईन्छ । पछिल्लो समय विभिन्न कला प्रदर्शनीमा प्राकृतिक सौन्दयर्, सामाजिक, सांस्कृतीक, जिवनशैली झल्काउने विषयमा कोरिएका र कुँदिएका चित्रले सबै पुस्ताको ध्यान तानेको छ । विद्यार्थीहरुको यही मनोविज्ञान बुझेर देशका दुई ठूला त्रिभुवन विश्वविद्यालय र काठमाडौ विश्व विद्यालयमा कलालाई प्राथमिकता दिइएको छ । पछिल्लो समय नेपाली कलाकारहरु आफ्नो परम्पराको साथसाथै विश्वमा जन्मिरहेको कलाका नवीन प्रचलनहरुको विषयमा ज्ञान लिन रुची देखाउने गरेका छन् ।कलामा रम्न पाउँदा आफूहरुलाई निकै खुशी लाग्ने गरेको कलाकारहरु बताउँछन् ।

नेपालमा कला प्रदर्शनीका लागि कुनै पनि नीतिनियम, मापदण्ड र वर्गका रूपमा तह छुट्याइएको छैन । बाह्य मुलुकका कला प्रदर्शनी र यसको ओहदा नै उच्च रहेको हुन्छ । कला प्रदर्शनीका लागि लामो अभ्यास, कला समीक्षकका लागि विशेष स्थान नहुँदा बास्तविक कलाकार पछि परेको गुनासो कलाकार महेश मल्लको रहेको छ ।

देशमा मात्र हैन, विदेशमा कला प्रदशन गर्ने युवाको ठूलो जमात छ । कलाका पारखी पनि त्यतिकै बढेका छन । पछिल्लो समय कलाकारहरु सिर्जनात्मकभन्दा पनि सूत्रात्मक हुन थालेको गुनासो आउने गरेको छ । कलाक्षेत्रको उन्नयनको दायित्व बोकेको ललितकला प्रतिष्ठानले तल्लो तहको शैक्षिक पाठ्यक्रममा कलालाई समेटने तर्फ भूमिका निर्वाह गर्न जरुरी छ ।