२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दैनिक उपभोग्य बस्तुमा भ्याट लगाइएपछि उपभोक्ता आक्रोसित


598
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत तरकारी फलफूल तथा केही दैनिक उपभोग्य गरी १ सय ६७ वस्तुहरुमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरे सँगै व्यवसायी तथा आम उपभोक्ता भने आक्रोसित बनेका छन् ।

नेपालीको दैनिक भान्सामा प्रयोग हुने आलु, प्याज, लसुन लगायत स्याउमा भ्याट लगाउने निर्णयले आम उपभोक्ता मारमा परेका त छन् नै यसले आमनागरिकको चुल्हो चौको असुरक्षित बन्दै गएको छ

सरकारले हालै सार्वजनिक गरेको बजेटमार्फत किसानले उत्पादन गरेका वस्तुलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषिजन्य वस्तुको आयातमा १३ प्रतिशत भ्याट लाग्ने बताएको हो । तरकारीतर्फ सरकारले हरियोबाहेकमा भ्याट लगाएको छ भने फलफूलतर्फ स्याउ, एभोकाडो, किबी, स्ट्रबेरी, ब्ल्याकबेरी, चेरी र हलुवाबेदमा भ्याट लगाएको छ ।

तर, यता सरकारको यो निर्णयको विरोध भइरहेको छ । किसानलाई मल विउ, पानी समयमै प्राप्त नहुनु र आलु प्याज तथा लसुन वर्षको ४ महिना मात्र आत्मनिर्भर रहेको अवस्थामा मूल्य अभिवृद्धि कर बढाउनु जायज नभएको व्यवसायीको विश्लेषण छ ।

हचुवाको भरमा भ्याट लगाउने निर्णयले आम उपभोक्ता मारमा परेका त छन् नै सँगै भ्याटको कुराले महंगी बढेसँगै आलु भण्डारण गर्ने चिस्यान केन्द्र नहुँदा कुहिएर जान थालेको भन्दै व्यवसायी दुखी बनेका छन् ।

हाल भारतबाट ९९ प्रतिशत आलु र ६० देखि ७० प्रतिशत बंगलादेश र भुुटानबाट समेत आलु तथा प्याज लसुन आउने गरेको छ । सरकारले भ्याट बढाएसँगै हाल बजारमा लसुन र प्याज समेत नआएको व्यवसायी बताउँछन् । उनीहरुले नेपालमै पहिला उत्पादन बढाउन, नेपाली बजारसँग प्रतिस्पर्धात्मक वातावरण बनाउन आग्रह गरेका छन् ।

नेपाली उत्पादनको मूल्य,व्यवस्थापन र व्यापारीक केन्द्र नहुँदा एक किसानले कति दुख पाउछन् भन्ने उदाहरण ४ दिनदेखि सल्यानबाट दाङ अनि पोखरा हुदै काठमाडौं आइपुगेका यी किसानको मर्का थामिनसक्नुको छ । समग्र उत्पादन गर्ने किसान र उपभोक्तालाई मार पर्ने, दैनिक जीविकामा असर परेको अर्का किसानको दुखेसो छ ।

हाल सयकडा १४ प्रतिशतले भ्याट तिर्दै आएका व्यापारीले अब १३ प्रतिशत थप भ्याट तिनुपर्दा बजारमा दैनिक आलुको भाउ आकासिएको छ भने प्याज र लसुन बजारमा पाइन छोडेको छ ।