
काठमाडौं । अदालतबाट समेत न्याय नपाएपछि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आमरण अनसन थाल्नु भएको छ । २०७७ असोज २० गते विश्वविद्यालय परिसरमै आक्रमणमा परेका चलाउनेमाथि आक्रमण गर्नेहरुमाथिको मुद्दाको अन्तिम किनारा नलाग्दै सरकारले मुद्दा फिर्ता लिएपछि चलाउनेले आमरण अनसनको बाटो रोज्नुभएको हो ।
समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि २०७७ असोज २० मा त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा आफ्नै विद्यार्थीले आक्रमण गरे । चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता भएको मुद्दा विचाराधिन अवस्थामा छ । उनीहरुको आक्रमणबाट घाइते भएको चलाउने लामो समयको उपचारपछि पनि अझै पूर्ण रुपमा स्वस्थ हुनु भएको छैन । तर, सरकारले आक्रमण गर्नेहरुमाथि कारवाही गरेर आफूलाई न्याय दिनुको सट्टा राजनीतिक प्रतिशोध साँधेर आरोपीहरुविरुद्धको मुद्दा फिर्ता लिने तयारी गरेपछि चलाउने आमरण अनसन बस्न थाल्नु भएको छ ।
आफ्नो मुद्दाको किनारा लाग्न नपाउँदै एकतर्फी रुपमा मुद्दा फिर्ता लिने तयारी गरेको भन्दै उपप्राध्यापक चलाउने सोमबारदेखि विश्वविद्यालय परिसरमै अनसन बस्नु भएको छ । बैशाखीको सहारामा मात्र हिडडुल गर्न सक्ने चलाउने न्यायको ढोका बन्द भएको भन्दै असनस बस्नु भएको हो । सरकारले शक्तिको आडमा आफ्नो मुद्दा फिर्ता लियो र न्यायका सबै बाटाहरु बन्द भएपछि आमरण अनसन बस्न बाध्य भएको उपप्राध्यापक प्रेम चलाउनेले बताउनुहुन्छ ।
ज्यान मार्ने खोज्ने जस्तो जघन्य अपराधमा संलग्नलाई बचाउन राज्यले मुद्दा फिर्ता गरेर आफूलाई अनागरिक जस्तो व्यवहार गरेको चलाउनेको गुनासो छ । विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा हुनु राजनीतिको फोहोरी खेलका कारण आफूले न्याय नपाएको उहाँको गुनासो छ । सत्तारुढ नेपाली कांग्रेसका राजनीतिक कार्यकर्ता भएकै कारण सरकाले मुद्दाको किनारा नलाग्दै अपराधिहरुलाई छुटाएर दण्डहिनतालाई प्रश्रय दिएको चलाउनेको आरोप छ । न विश्वविद्यालय न अदालत न सरकार कोही पनि आफ्नो नभएको चलाउने बताउनुहुन्छ ।
विगत ३ वर्षदेखि शरीरका विभिन्न भागमा स्टिलको रड राखेर उपचार गराइरहेका चलाउनेलाई राज्यले जानकारी नै नदिइ एकतर्फी रुपमा मुद्दा फिर्ता लिएर विश्वविद्यालय समेत सुरक्षित छैन भन्ने सन्देश दिएको छ । त्यति मात्र नभइ शक्तिको आडमा राज्यले नैअपराधिहरुको पक्षमा लागेर न्यायालयलाई नै अचानो बनाउने यत्न गरेको चलाउनेको तर्क गुनासो छ । सरकारले मेरो मुद्दा अदालतबाट फिर्ता ल्याएर अदालतलाई अचानो बनाउने र न्यायको हत्या गर्ने काम गरेको उपप्राध्यापक चलाउने बताउनुहुन्छ ।
कक्षा कोठामै विद्यार्थीको आक्रमणबाट घाइते भएका शिक्षकलाई औषधि उपचार गरी संरक्षण गर्नुको सट्टा राज्यले उल्टै आक्रमणकारीको संरक्षण गर्नुले राज्यको चरित्र उदाङ्गो भएको छ । आफ्नो सत्ता टिकाउन दलहरु जे पनि गर्न तयार छन् भन्ने भान आम जनतामा पर्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्