
भोजपुर । भोजपुर नगरपालिका– १० भौसिपंखाका बिजुली पुगेपछि स्थानीय अँध्यारोबाट मुक्त भएका छन् ।
वषौंदेखि समस्या झेल्दै आएका उनीहरु जनप्रतिनिधिको प्रयासबाट आफ्नो वडामा बिजुली पुगेपछि खुशी भएका हुन् ।
बत्तीमुनिको अँध्यारो भनेझै भोजपुर जिल्लाको सदरमुकामबाट १० किलोमिटर मात्रै टाढा रहेको भौसिपंखमा अहिलेसम्म बिजुली नबल्दा स्थानीय निराश भएका थिए । सदरमुकामबाट नजिकै भएर पनि बिजुली नहुँदा गुनासो पोख्ने गरेका स्थानीय अहिले भने दंग छन् ।
गाउँमा जनप्रतिनिधि आएपछि बिजुली बाल्ने सपना बोकेका उनीहरु अहिले सपना साकार हुँदा खुशी साटासाट गरिरहेका छन् । आफु जनप्रतिनिधि भएर आउँदा आफ्नो वडामा १० प्रतिशत मात्र बिजुली पुगेको थियो । अहिले नयाँ बनेको केही घरबाहेक सबै घरमा बिजुली पुगेको भोजपुर नगरपालिका– १० भौसिपंखका वडाध्यक्ष सुविन्द्र राई बताउनुहुन्छ ।
बिजुली बल्ने आशा मरिसकेको तर अहिले बिजुली बलेसँगै खुशी लागेको भौसिपंखका स्थानीय हर्कजंग राईले बताउनुभयो । जनप्रतिनिधि आएपछि गाउँको विकास हुनुका साथै गाउँलेको समस्या समाधानमा जनप्रतिनिधिहरु तल्लीन रहेको स्थानीय बलबहादुर राई बताउनुहुन्छ ।
जनप्रतिनिधिले जनताका समस्या समाधान गर्नुका साथै गाउँमा हुने विकास निमार्णमा जनसहभागीता, पारदर्शीता तथा दिगो विकासका साथ काम गरेमा स्थानीयले सदैव सराहना त गर्छन् नै संघियताको मुल मर्म गाउँगाउँमा सिंहदरबार भन्ने नारालाई पनि सार्थकता प्रदान गर्छ ।



प्रतिक्रिया दिनुहोस्