१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


घोराही सिमेन्टको आईपिओले लगानीकर्तामा बढ्यो अविश्वास


1.534k
Shares

काठमाडौं । अर्थतन्त्रको ऐनाको रुपमा परिभाषित गरिने पूँजीबजार नियामक निकाय गतिलो बन्न नसक्दा बिचौलियाको अखडा बनेको छ । अहिले घोराही सिमेन्टले आईपिओ निश्कासनमा देखिएको बदमासीले लगानीकर्ताको विश्वास अझ घटेको छ । व्यावसायिक मर्यादाभन्दा सट्टेबाजी खेल बनाइँदा पूँजीबजार अनिश्चयको भूँवरीमा फस्दै गएको हो ।

गत जेठको मसान्तमा प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्य ३ सय ५० रुपैयाँ प्रिमियममा बिक्री तथा निष्काशन खुला गरेको घोराही सिमेन्टको आईपिओका कारण सर्वसाधारण लगानीकर्ता ठगिएको विषयले यतिबेला नेपालका नियामक निकायमाथि नै गम्भिर प्रश्न उब्जाएको छ । विशाल गु्रप र त्रिवेणी ग्रुप (संघई परिवार)को लगानी रहेको घोराही सिमेन्ट इन्डष्ट्रिको यो हर्कतले लगानीकर्ताको हित संरक्षण त कुरा परै जाओस पूँजीबजारमा लगानी सुरक्षित समेत नभएको प्रष्ट भएको छ ।

न्युनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म भर्न सकिने आईपीओ १ करोड २० लाख कित्ताका लागि फर्जी आवेदन परेपछि चलखेलको गन्ध आएसँगैअ धितोपत्र बोर्डले सोमवार प्रक्रिया स्थगित गरेको थियो । यसअघि नै ५ लाख ६३ हजार ४३ जनाले ९ अर्ब ८३ करोड ८५ लाख ५६ हजार रुपैयाँ बराबरको २ करोड २६ लाख १७ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिएका थिए । जसमा १ करोड २० लाख कित्ताका लागि फर्जि आवेदन परेको थियो ।

सामान्यतयाः कुनै पनि कम्पनी सर्वसाधारणबाट लगानी जुटाउन योग्य बन्नका लागि निश्चित मापदण्ड पालना गर्नुपर्ने हुन्छ । तोकिएको भन्दा कम नेटवर्थ भएका कम्पनीले आईपीओ नै जारी गर्न पाउँदैनन् तर नेपालका नियामक निकायदेखि अन्य सम्बन्धित कम्पनी कमाउधन्दामा लाग्ने लगानीकर्ता पनि विवेकशील नहुँदा बारम्बार यस्ता गतिविधि दोहोरिदै आएका छन् । यसले बजारको भविष्य नै अन्यौलमा परेको लगानीकर्ताको गुनासो छ । अहिले नेपालमा आईपिओ हकप्रद र एफपीओमा ठगी धन्दा नै मौलाएको विश्लेषक केशव कोइराला बताउनुहुन्छ ।

लगानीकर्ताको अज्ञानताको फाइदा उठाउदै घाटामा रहेको कम्पनीले राम्रो रिर्पोट निकाल्ने धन्दा मौलाउने धन्दा बढेको छ । झुटा विवरण बनाउन आफ्नै कम्पनीबाट रेटिङ्ग गरेको घोराही सिमेन्टको यो कर्तुकका लागि नियामक निकायदेखि सबै सामेल भएको विश्लेषक कोइराला बताउनुहुन्छ ।

आईपीओ निष्कासनका लागि नै जालझेल गरेको विषयमा आँखा चिम्लिएको नियामक निकाय बोर्डले चलखेलको आशंका भन्दै निष्कासन रोकेर कार्वाही गर्ने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल बताउनुहुन्छ ।

शेयर बजारको स्वच्छ कारोबारमा शंका गर्दै आएका लगानीकर्ताले अविश्वासको अर्को बाटो प्राप्त गरेका छन् । लगानीकर्तामा विश्वास जगाउन अब यो अपराधमा संलग्न सबैलाई कार्वाहीको दायरामा ल्याउन जरुरी छ ।