१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बिरामी बच्चाले कान्ति बाल अस्पतालका बेड भरिभराउ


5.681k
Shares

काठमाडौं । उखरमाउलो गर्मीकै कारण अहिले देशको एकमात्र सरकारी बाल चिकित्सालय कान्ति बाल अस्पतालमा बिरामी बच्चाको चाप थेगिनसक्नु छ । गर्मीको यो मौसममा अलिकति पनि लापरवाही गरे दीर्घरोगको समेत जोखिम रहने चिकित्स बताउछन् ।

गर्मीसँगै बढेको संक्रमणका कारण अहिले कान्ति बाल अस्पतालका बेड बिरामी बच्चाले खचाखच भरिएको छ । दिनप्रतिदिनको बढ्दो तापक्रमकै कारण अहिले झाडापाखाला, टाइफइड, जण्डीस, विभिन्न किसिमका खटिरा अनि निमोनियाका बिरामीले अस्पताल भरिभराउ छ ।

अघिल्लो बर्षमा तुलनामा यो वर्ष बिरामी बच्चाको संख्या बढेको अस्पताले जनाएको छ । अघिल्लो वर्ष डेंगीको बिरामी अधिक भेटिएको भएपनि यो वर्ष भने अहिलेसम्म एकजनामा पनि डेगी संक्रमण नदेखिएको अस्पतालका भनाई छ । जाडो मौसमको तुलनामा गर्मी मौसममा शरीरमा हानी पुर्‍याउने जीवाणु बढी मात्रामा सक्रिय रहने हुँदा विभिन्न रोगको संक्रमण हुने बढी सम्भावना रहेकाले खानपान र सरसफाइमा ध्यान दिनुपर्ने कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. सन्तोष अधिकारी बताउनुहुन्छ ।

२ देखि ३ सयको हाराहारीमा बिरामी बच्चा उपचारका लागि ल्याउने भएपनि गर्मी मौसममा यो संख्या एक हजार देखि १२ सय सम्म पुग्ने अस्पतालले जनाएको छ । गर्मी मौसममा बयस्कको तुलनामा बच्चालाई स्याहार बढी आवश्यक पर्ने भएकाले यो समयमा सरसफाईमा विशेष ध्यान पु¥याउन, झोलिलो पर्दार्थ बढी सेवन गर्न, बजारका जथाभावी खानेकुरा नखान डा. अधिकारी बताउनुहुन्छ ।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उचित हो । त्यसैले यस्तो अवस्थामा अभिभावकले बच्चाको स्वास्थ्यप्रति विशेष ध्यान पुर्‍याउनु पर्छ । यदि बच्चाका् स्वास्थ्यमा समस्या देखिएमा तत्काल चिकित्सकको परामर्श लिन ढिला गर्नु हुँदैन ।