१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुधको अस्वाभाविक मूल्यवृद्धिपछि दुग्धजन्य पदार्थका उपभोक्ता घटे


15.756k
Shares

काठमाडौं । स्वास्थ्यका दृष्टिले लाभदायक मानिने दुग्धजन्य पदार्थ गर्मीमा धेरै रुचाईन्छ । अझ दुधभन्दा दहीप्रति उपभोक्ताको आकर्षण रहने गरेको छ ।

तर, गर्मी छल्न खाने गरिएसगै दहि महीको प्रयोगमा भने कमी आएको छ । गत चैतदेखि दुधसँगै दुधजन्य पदार्थमा मूल्य बृद्धि गरिएसँगै आम नागरिकको भान्सामा कम प्रयोग हुन थालेको हो ।

डेरी क्षेत्रको व्यवसाय गर्मी लागेसगै हुने र विवाह, ब्रतबन्ध तथा पार्टीजन्य उत्सवमा दही, मही, पनिर, आइसक्रिमको खपत बढी हुने गरेको छ । अरु पेय पदार्थ भन्दा स्वदेशी उत्पादनलाई प्रयोग गरौ भन्ने उदेश्यका साथ नेपाल डेरीले मही पिउ भन्ने अभियान सञ्चालन गरेको बताउँछ ।

राजनीतिक दलका पार्टीदेखि लिएर सिंहदरबारका क्यान्टिनमा महीले राम्रो स्थान पाएको पाएको छ । तर मुलुकमा देखिएको आर्थिक मन्दी र गत चैत्र १ गतेदेखि दुधको मूल्यमा भएको बृद्धिसँगै यो सिजनमा अपेक्षा अनुसारको दुधजन्य पदार्थको बिक्री नभएको गुनासो रहेको छ ।

देशभरि दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने र ३१ लाख लिटर दुध बजारमा आउने गरेको छ । ३१ लाख लिटर दुधमध्ये ५० प्रतिशत दुध विक्री हुने र बाँकी ३५ प्रतिशत दही र बाँकी १५ प्रतिशत मिठाईमा प्रयोग हुने गरेको छ । पछिल्लो समय दुधमा अस्वाभाविक मूल्य बढेको कारण १० देखि १५ प्रतिशत व्यवसायमा ह्रास आएको बताउँछन् ।

सरकारले प्रतिलिटर दुधमा ६५ रुपैया समर्थन मूल्य किसानले पाउनुपर्छ भनेर तोकिदिए पनि उद्योगीले समर्थन मूल्यभन्दा धेरै तिरेर किन्ने गरेको व्यवसायी बताउँछन् । बढेको मूल्यमा पनि ७० प्रतिशत किसान र ३० प्रतिशत उद्योगीले पाउने समेत राज्यले तोकेको कारण डेरी उद्योगमा मूल्यमा अनुशासित र गुणस्तरीय हुने गरेको उनीहरुको भनाई छ ।

नेपालमा समग्रमा उत्पादन र खपतको अनुपात हेर्दा ८० प्रतिशत आत्मनिर्भर रहेको र बाँकी अपुग दुध अफ सिजनमा धूलो दुध बनाएर राख्ने र धूलो दुधलेनै मागको आपूर्ति गरिने गरिएकाे छ । तर लगभग आत्मनिर्भरको अवस्थामा रहेको अवस्थामा पनि भारत, डेनमार्क, चीन, जर्मनीबाट दुधबाट बनेका पदार्थ आउने गरेको तथ्यांक भन्सार विभागमा छ ।

२ महिना अघिसम्म बार्षिक ३ अर्बको छुर्पी बाहिर निकासी हुने गरेको भएपनि हाल निकासी हुन सकेको छैन जसले उत्पादन र उपभोत्तामा असर परेको छ ।