
भोजपुर । भोजपुरको अरुण गाउँपालिकाले राज्यबाट कुनै सेवा सुविधा नपाएका शारिरीक रुपले अशक्त व्यक्तिलाई पहुँचमा ल्याउने भएको छ ।
सरकारले दिने सेवा सुविधाबारे बेखबर बन्दा उनीहरु राज्यबाटै अलिक टाढै देखिन्थे । तर, पालिकाले उनीहरुलाई स्थानीय सरकारको पहुँचमा ल्याउन शारिरीक रुपले अशक्तमैत्री कार्यक्रममा समेट्न थालेको छ ।
अरुण गाउँपालिकाले सरकार विभिन्न संघ, संस्था र अन्य कुनै दातृ निकायबाट केही सहयोग नपाएका शारिरीक रुपले अशक्त भएका व्यक्तिहरुलाई स्थानीय सरकारको पहुँचमा ल्याएको छ । उनीहरुको आर्थिक अवस्था दयनीय भएको भन्दै गाउँपालिकाले वर्षको ६/६ हजार रुपैया सहयोग स्वरुप प्रदान पनि गरेका छ ।
पालिकाले गरेको सहायेगले उनीहरुको जिवनमा धेरै परिवर्तन नभएपनी सकरात्मक सोचको विकाससँगै स्वास्थ्य उपचार, पारिवारीक सहयोग तथा सामाजिक सदभाव विकास हुने गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो ।
सरकारले शारिरीक रुपले अशक्त भएका व्यक्तिहरुलाई ४ वर्गमा विभाजन गरे पनी क र ख वर्गलाई मात्र सेवा सुविधा दिदै आएको र अन्य ग र घ वर्गलाई कुनै सेवा सुविधा नदिएको अवस्थामा गाउँपालिकाले गरेको सहयोग उदाहरणीय भएको प्रगतीशिल अपांगता सञ्जाल अरुण गाउँपालिकाका संयोजक बल बहादुर दाहालले बताउनुभयो ।
आफुहरु जन्मजात शारिरीक रुपले अशक्त भएको र कोही बैदेशीक रोजगारीका क्रममा तथा घरायसी र सामाजिक काम गर्ने क्रममा अशक्त भएपछि दैनीक जिवनयापनमा समस्या भएको उनीहरुको दुखेसो छ । राज्यले अशक्तहरुको वर्गीकरण गरी ग र घ वर्गलाई कुनैपनी सेवासुविधा दिएको छैन् । तर, ढिलै भएपनि पालिकाको सहयोगले गर्दा उनीहरु खुशी देखिन्छन् ।
शारिरीक रुपले अशक्त भएका कारण उनीहरुको दैनिकीमासेत समस्या पर्दे आएको छ । स्वास्थ्य, शिक्षालगायतका सेवाबाट बञ्चित हुनु पर्दा उनीहरुको दैनीकी कष्टकर बन्दै गएको हो । समाज रुपान्तरमा योग्दान गर्ने उनीहरुको सम्मान र हक अधिकारका लागि कानुनी व्यवस्थालाई प्रभावकारी कार्यान्वयनमा जोड दिन आवश्यक छ भने सामाजिक सद्भाव र सहिष्णुता कायम राखी शारिरीक रुपले अशक्तमैत्री समाज निमार्ण गर्न सबैको दायित्व आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्