
सोलुखुम्बु । मनाङ एयरको होलिकोप्टरमा सवार यात्रु सबै विदेशी नागरिक भएको पुष्टि भएको छ ।
हेलिकोप्टरमा चालक दलका सदस्य बाहेक पाँचैजना मेक्सिकन नागरिक सवार सवार रहेका थिए । ९ एनए– एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाउनु भएको थियो । हेलिकोप्टर लिखुपिके गाउँपालिका– ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिनुभयो ।
हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए । उनीहरू सबै मेक्सिकन नागरिक हुन् ।
प्रतिक्रिया दिनुहोस्