१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्घाखाँचीमा लोप हुँदै आरन ब्यवसाय


325
Shares

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण आरन व्यवसाय लोप हुँदै गएका छन् । युवा पुस्ताको आकर्षण विदेश तिर बढेपछि, पाका पुस्तालाई यो पेशा जोगाउन समस्या भएको छ ।

पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले अर्घाखाँचीमा आरन पेसा लोप हुँदै गएको छ । विगतमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको हो । परिवार पाल्न गाह्रो भएपछि यो पेशामा लागेका युवाहरु विस्थापित भएको भुमिकास्थान नगरपालिका– ५ मा व्यवसायिक रुपमा आरन पेसा गदै आउनुभएका रुकबहादुर विकको भनाइ छ ।

अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको छ । अन्नमा मकै, धान गँहु पाउँदछन्, यसले परिवार पाल्नै मुस्किल भएको छ । यस्तै बजारमा आधुनिक हातहतियार र भाँडाकुँडा भित्रिने क्रम बढेसँगै पेशा नै संकटमा परेको छ ।

त्यस्तै परम्परागत पेसाको रुपमा रहेको आरनको महत्व नबुझ्नु, नयाँ पुस्तामा सिप हस्तान्तरण हुन नसक्नु र वैदेशिक रोजगारीप्रतिको आकर्षणले आरन पेसा संकटमा परेको हो । बाल्यकालदेखि आफुहरुले कष्टकर ढंगले पुख्र्याैली आरन पेसा गरेपनि अब आउने पुस्ता यो पेशाबाट टाढीएको भक्तबहादुर विकको भनाइ छ ।

परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनत गरे अनुसारको मूल्य नपाउँदा पनि यो पेसा बिस्तारै लोप हुँदै गएको हो । धेरै आरन व्यवसाय पछिल्लो समय बन्द हुँदै गएका छन् ।