
काठमाडौं । शुद्ध भाषामा तोखा भनिने लिच्छवीकालिन ऐतिहासिक वस्ती अहिले सर्वत्र टोखा भनेर परिचित छ । ऐतिहासिक र सांस्कृतिक तोखा शहरीकरणको मारमा पर्दा यहाँको प्राचिन हिति मासिएको छ । अमूल्य सम्पदाको संरक्षणमा स्थानीय निकाय बेखबरजस्तै बनेका छन् ।
लिच्छवीकालिन काठमाडौंको तोखा नगरको स्थानको नयाँ नाम ग्रीनल्याण्ड भएको छ । केही वर्ष अघि मात्र नयाँ वस्तिको विस्तार सँगै स्थानीय मौलिक नाम मैजु हितिबाट ग्रिनलाण्ड रोड भएको हो । यही स्थानमा विगतमा सग्लो पानी वग्ने प्राचिन मौजु हिति थियो । तर अहिले सो हिति बाटोको किनारमा उपेक्षित अवस्थामा सानो खाल्डोमा परिणत भएको छ । हिति सुकेको छ भने खाल्डो फोहर मिल्काउने थलो बनेको छ ।
नयाँ पुस्तालाई यहाँ हिति र हितिको नामबाट मैजु हिति टोल छ भन्ने पनि थाहा छैन् । कलात्मक मैजु हिति रहेको स्थान अहिले ग्रिनलाण्ड रोड र चोक बनेको छ । हिति क्षेत्र खुम्चिने गरि दायाँ बाँया घर र बाटो निमार्ण भएको छ । दुई दशकअघि तनहूँबाट बसाई सरेर सो स्थानमा बस्दै आउनु भएकी सुमित्रा न्यौपाने त्यतिबेला मैजु हितिबाट पानी फालाफाल आउने गरेको स्मरण गर्नुहुन्छ । त्यस्तै, सोही स्थान बस्दै आएकी प्रनिसा न्यौपाने मौलिक नामलाई निरन्तरता दिनुपर्ने मत राख्नुुहुन्छ ।
लिच्छवीकालिन तोखा नगरको मैजुहिति मात्र त्यहाँका सांस्कृतिक परम्परा, कलाकौशल र सम्पदाको संरक्षण गर्न सके मात्र राजधानी मात्र हैन राजधानीबासीको साख बढ्ने थियो कि ?
प्रतिक्रिया दिनुहोस्