१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोजपुरको अरुण गाउँपालिकाका कृषक खडेरी र खाद्यान्न बालीमा लागेको रोगका कारण चिन्तित


1.157k
Shares

भोजपुर । भोजपुरको अरुण गाउँपालिका याकु, जरायोटार र सिक्रेटारका कृषकहरु अहिले प्राकृतिक प्रकोप, सुख्खा खडेरी, खाद्यान्न बाली र धानमा लागेको रोगका कारण चिन्तित छन् । वर्षभरी खाने बाली खडेरी र रोगको शिकार भएपछि उनीहरु चिन्तित भएका हुन् ।

भोजपुरको अरुण गाउँपालिका-५ याकु, ६ जरायोटार र ७ सिक्रेटारका कृषकहरु अहिले प्राकृतीक प्रकोप सुख्खा खडेरी र खाद्यान्न बाली धानमा लागेको रोगका कारण चिन्तीत बनेका हुन् । कृषकको जिविको पार्जनको साहारा भनेकै खेतको धान र बारीको मकै हो । किसानले खेत बारीमा लगाएको धान, मकै बेचेर घरायसी खर्च र छोराछोरीको पढाई खर्च टार्दै आएका छन् ।

अरुण गाउँपालिका ५ याकुका धान खेती गर्ने कृषक, जरायोटार र सिक्रेटारका कृषकको बारीमा सुख्खा खडेरी र खेतमा फैलिएको रोगका कारण खाद्यान्न बाली सखाप भएको छ । असार साउनमा भारी वर्षा हुनुपर्ने हो तर, यो वर्ष पानी नर्पदा किसानहरुले लगाएको बाली खेत बारीमै सुकेको छ । बारीमा लगाएको मकै बोटमै सुक्नु तथा खेतमा विभिन्न रोगहरु देखा पर्दा मनभरी पीडाका साथ विकल्प खोज्न आफूहरु बाध्य हुँदै आएको स्थानीय बताउँछन् ।

प्रकोपले गाउँपालिकाको केहि क्षेत्र अन्तर्गत करिब १ सय २० घरका कृषकहरुको १ सय ७० हेक्टरमा जमिनमा सुख्खा खडेरी र याकुको धान खेतीमा रोगको प्रकोप देखीएको कृषि ज्ञान केन्द्र भोजपुरका योगेन्द्र राई बताउछन् ।

प्रकोपबाट प्रभावितहरुलाई राहतका लागी स्थानीय सरकारले रणनीती तयार बनाई राहत प्रदान तथा प्रदेश र संघमा राहत माग गर्ने गाउँपालिकाको तयारी रहेको अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले बताए ।

प्राकृतीक प्रकोपबाट विचलीत भएका स्थानीयहरुको मुहारमा खुशी ल्याउन स्थानीय सरकारको भूमीका महत्वपुर्ण हुने देखीन्छ भने प्राकृतीक प्रकोपको सम्भावीत क्षती न्युनीकरणका लागी देशभरीका स्थानीय तहहरुले दिगो रणनीतीका साथ लाग्न चुनौती थपीदिएको समेत देखीन्छ ।

बल्लतल्ल लगाएको बालिसमेत यसरी रोग प्रकोपले सखाप बनाएपछि किसानहरु चिन्तित भएका हुन् । त्यसैले कृषकहरुको साझा समस्यालाई यहाँका स्थानीयहरुले सम्बोधन गर्न ढिला गर्न हुदैन ।