१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौं प्लाजाको भवनमा महानगरको कार्यालय सञ्चालनमा, सेवाग्राही अनविज्ञ


4.511k
Shares

काठमाडौं । काठमाडौं महानगरसँग सम्बन्धित कुनै काम छ भने अब नयाँ ठाउँबाट तपाईंले सेवा पाउनुहुने छ । नेपाल ट्रस्टका नाममा रहेको पुतलीसडकस्थित काठमाडौं प्लाजाको भवनमा काठमाडौं महानगरपालिको कार्यालय सञ्चालनमा ल्याइएको छ ।

अस्थायी रुपमा चैत्र ९ देखि सुन्धारामा रहेको भवनबाट स्थानान्तरण गरेको काठमाडौं महानगरका सबै कक्ष साउन १ देखि स्थायी रुपमा स्थानान्तरण भएको हो । यद्यपी महानगर प्रमुख र उपप्रमुखको कार्यकक्ष भने तयारी अवस्थामा रहेकाले काठमाडौं महानगरको कार्यालय रहेको राष्ट्रिय सभागृहबाट सेवा सञ्चालन भइरहेको छ । यसअघि विभिन्न भवन गरी ११ स्थानबाट सेवा दिंदै आएको महानगरले सबै प्रकारका नागरिक सेवा यही भवनबाट दिने काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी बताउनुहुभयो ।

भवनमा केही कक्ष व्यवस्थित गर्न समय लागेकाले सेवाग्राहीहरु भने अलमलमा परेको देखिन्छ । नयाँ ठाउँमा कार्यालय सरेको हेक्का नभएका केही सेवाग्राहीहरु भने अलमलमा देखिन्थे ।

सेवाग्राहीले दुःख भोग्न नपरोस भन्नका लागि आफूले सूचना प्रवाहमा कुनै कन्जुस्याइँ नगरेको काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी बताउनुहुन्छ ।

कार्यालयको आफ्नै पार्किंङस्थल भएपनि हाल दरबारमार्गका केही व्यवसायीले आँखा छलेर पार्किंङस्थल प्रयोगमा ल्याउँदा सेवाग्राहीलाई मर्का पर्ने देखिन्छ । राजा वीरेन्द्रले छोरी श्रुतिलाई दाइजो दिएको भवन नेपाल ट्रस्ट अन्तर्गत आएपछि ट्रष्टले काठमाडौं महानगरपालिकासँग मासिक ६० लाख ५० हजार रुपैयाँमा भवन भाडामा दिने सहमति गरी सेवाग्राहीलाई एकै छानोबाट सेवा दिन थालेको हो ।