२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेम्बाङको निधनपछि इलामको सुन्तलाबारी शोकमा डुब्यो


7.969k
Shares

इलाम । एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्बाङको जन्मस्थान सुन्तलाबारी शोकमा डुबेको छ ।

इलामबजार नजिकैको उहाँकाे जन्मथलोमा सन्नाटा छाएको देखिन्छ । हँसिला, मिजासीला र सहयोगि मनका धनि नेम्वाङ आउदा गाउँनै उज्यालो मात्र हुँदैन थियो गाउँलेहरु जम्मा हुन्थे र आफ्ना कथा व्यथा सुनाउथे । तर, तिनै सुवास फिर्लान र आफ्ना कुरा सुनाउला भन्ने यहाँका गाउँलेहरु उहाँ कहिल्यै नर्फीने गरी गएको सुन्दा भावविह्ल भएका छन् । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गाउँ सुन्तलाबारीमा उहाँ अब कहिल्यै नफिर्ने गरी जानु भएकाे छ ।

इलाम बजार नजिकैको यो गाउँका बाबु रामबहादुर नेम्बाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २००९ फागुन २८ गते जन्मिएका नेम्बाङको बाल्यकाल यहि गाउँमा बित्यो । गाउँका सबैको आडभरोसा र इज्जत बोकेका सुवास यो गाउँमा कहिल्यै नफिर्ने गाउँलेले सुन्दा उनीहरु मात्र हैन पुरै यो गाउँ उदास देखिन्छ । त्यसो त इलामेलीहरुको सुवासमाथि ठूलै सपना थियो । यहाँको विकासको मियो बनेका उनीमाथिको भरोसा खै कीन टुटायो दैबलाई नै थाहा होला, तर यहाँका मानिसहरु भने अहिले पनि रनभुल्लामा परेकाछन् ।

पूर्वमा पहिचानको मुद्दा पेचिलो बन्दै गएको बेला समेत सुवासमाथि आड भरोसा थियो सबैको । इलाम क्षेत्र नम्बर २ का जनताले रोजेर पठाएका सुवास यसरी नफर्कने गरी छाड्लान भन्ने कहिल्यै सोचेकासमेत थिएनन् । तर भईदियो त्यस्तै । अब सुन्तलाबारीले सुवासलाई सम्झनु बाहेक उहाँलाइ फेरी यो गाउँमा ल्याउन नसक्ने भएको छ । तर, उहाँकाे सहमति, सहकार्य, एकता, सद्भाव उन्को नरमपना र बिचारलाई भने सबैले अनुसरण गर्न सके सुन्तलबारीमै सुवास भएको भान गराउने चाहि पक्का छ ।