
काठमाडौं । पछिल्लो समय उपचारका क्रममा विरामीको मृत्यु भएपछि लापरबाही भएको भन्दै चिकित्सकमाथि हातपातका घटना तीव्र रुपमा बढेको छ । पछिल्लो एक हप्तामा मात्र मुलुकका विभिन्न ५ स्थानमा चिकित्सकमाथी दुर्व्यवहारका घटना भएका छन् । योसँगै देश भरका चिकित्सक सुरक्षाको माग गर्दै सेवा नै ठप्प पार्दै आन्दोलनमा होमिएका छन् ।
मकवानपुरस्थित सन्चो अस्पतालका चिकित्सकमाथी कुटपिट भएको घटना सेलाउन नपाउँदै पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पनि उस्तै घटना दोहोरिन पुग्यो । सोमबार उपचारको क्रममा आफन्तको मृत्यु भएको भन्दै आक्रोशित आफन्तबाट अस्पतालका चिकित्सक अनिल शाहमाथी साघातिक आक्रमण भयो । आक्रमणबाट डा. शाह सख्त घाइते भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा आइतबार बिहान उपचारका लागि पुगेकी लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएपछि उनका आफन्त र थप ठूलो हुल आएर चिकित्सकहरुमाथि आक्रमण गरिनुकासाथै अस्पतालको भौतिक सरचना समेत तोडफोड भएको थियो ।
चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग राख्दै मंगलबारदेखि अस्पतालको आकस्मिक बाहेक अरु सेवा बन्द गर्दै चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।
उता मृतकका आफन्तले पनि आान्दोलन जारी राख्ने बताएका छन् । सरकारले गरेको प्रतिवद्धता पूरा नगरेको आरोप लगाउदै राज्यमा विद्यमान कानून कडाइका साथ लागूगरि चिकित्सकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउन सरकारले ठोस कदम चाल्न ढिला भैसकेकोमा डा. लोचन कार्कीले बताउनुभयो ।
अस्पतालमा डाक्टरमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३४ वर्षीय विनय गुरुङलाई नियन्त्रणमा लिएको छ । पोखराको यो घटनासँगै काठमाडौंलगायत देशभरका चिकित्सक आन्दोलनमा उत्रेका छन् । टाढा टाढादेखि सेवा लिन अस्पताल पुगेका सर्वसाधारणले भने बिना सुचना अकस्मात सेवा बन्दा गरेर मारमा पारिएको भन्दै यसरी आक्रोशीत भएका छन् ।
चिकित्सक कुटपिटको विरोधमा माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको ग्यारेन्टी गरी सेवा प्रवाह गर्ने वातावरण बनाउन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्