२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


मादक पदार्थ सेवन र तीब्र गति सवारी दुर्घटनाको मुख्य कारण


286
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबारदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु भएको छ । काठमाडौं उपत्यकामा साना ठूला गरी वर्षेनी सडक दुर्घटनामा सयौंको ज्यान जाने गरेको छ । दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले हरेक वर्ष ट्राफिक सप्ताह आयोजना गर्ने गरेको छ ।

जथाभावी सवारी साधन चलाउँदाको परिणाम दुर्घटना हुन्छ । बढ्दो शहरीकरणसँगै ट्राफिक जाम हाम्रो नियती नै बनिसकेको छ । व्यस्त जीवन अनि सधै हतारको यात्रा पनि हाम्रो दैनिकी भित्रै पर्छ । सामान्यतः सवारी दुर्घटनामा चालक नै दोषी देखिने गरेको पाइन्छ । यद्दपी सवारी दुर्घटनामा सवारी चालकको लापरवाहीसँगै जथभावी बाटो काट्ने पैदलयात्रीहरु पनि उत्तिकै जिम्मेवार रहेका हुन्छन् । मादक पदार्थ सेवन र तीब्र गति पनि दुर्घटनाका मुख्य कारण रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख पोषराज पोखरेल बताउनुहुन्छ ।

चाहे ओभरटेक होस वा लेन उलंघन, मादक पदार्थ सेवन गरेरै नै सवारी चलाउने नै किन नहुन वा भिडभाडमा हतार गर्ने बानी । ओभरहेड ब्रीजबाट सडक काट्नुको सट्टा मनपरी बाटो काट्ने पैदल यात्रीहरुका कारण पनि उत्तिकै सडक दुर्घटना हुने गरेको छ । यस्तै, दुर्घटनाहरु न्युनिकरणका लागि ट्राफिक प्रहरी र महानगरपालिकाको समन्वयमा आइतबारदेखि देखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु गरिएको हो ।

साताव्यापी यस अभियानमा सवारी चालकहरुदेखि पैदलयात्री तथा अन्य सर्वसाधारणलाई सुरक्षित यात्रा, सुरक्षित ड्राइभिङ र सडक सुरक्षाको विषयमा जनचेतना जगाउने कोशिस हुने छ । त्यसो त जनचेतना जगाउनका लागि ठाउँका ठाउँ करबाही गर्ने नियम लागु पनि गर्ने गरिएको छ । दुर्घटना भएपपछि पछुताउनु भन्दा दुर्घटनाबाटै जोगिनु उत्तम हो भन्ने ख्याल गर्न सके दुर्घटनाको मात्रा उल्लेख्य रुपमा घटाउन सकिन्छ । त्यसका लागि सडकमा निस्कने सबैमा सडक सुरक्षाका विषयमा जानकारी र इमान्दारी हुनु जरुरी छ ।