१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बझाङमा भूकम्पपछि अस्पताल बाहिरै सेवा, मनिषाले जन्माइन् बच्चा


1.911k
Shares

बझाङ । बझाङमा भूकम्पकोपछि जिल्ला अस्पतालमा बिरामीलाई बाहिरै सेवा दिन सुरु गरेको छ ।

मंगलबार दिउँसो भूकम्प गएपछि तल्कोट गाउँपालिका वडा नम्बर १ कि गर्भवती महिला मनिषा ऐडिलाई अस्पतालबाट बाहिर निकालेर स्वास्थ्यकर्मीहरुले सुत्केरी गराएका हुन् ।

अस्पतालका नर्सहरू गर्भवती महिलालाई अस्पताल बाहिर खुला स्थानमा राखेर सुत्केरी गराएको जिल्ला अस्पतालका डा. डिबि गुर्धामिले जानकारी दिनुभयो ।

भूकम्पपछि लगातार पराकम्प जाने थालेपछि सुरक्षित तरिकाले बाहिर राखेर सुत्केरी गराएको डा. गुर्धामिले जनाकारी दिनुभयो ।