१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुपथ मूल्य पसलमा चिनी किन्ने उपभोक्ताको भिड


5.72k
Shares

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसलहरु सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ र दुग्ध विकास संस्थानले आगामी मंसिर ३ गतेसम्म सहुलियत दरका पसल सञ्चालन गर्ने छन् । सुपथ मूल्यका पसलहरुमा भान्सामा प्रयोग हुने लगभग सबै सामाग्रीहरु उपलब्ध छन । तर, उपभोक्ता भने सुपथ बजारमा चिनीकै जोहो गर्ने होडमा लागेका छन् ।

सरकारले चाडवाडका लागि लक्षित गरी सुरु गरेको सुपथ मूल्य पसलमा थुप्रै उपमोग्य सामाग्री उपलब्ध भए पछि अधिकांस उपभोक्ताहरु भने दशैंको लागि चिनीको जोहो गर्न भीड गरिरहेका छन् । पछिल्लो समय बजारमा चिनीको भाउ १ सय ५० रुपैयाँ प्रतिकीलो पुगेको छ भने चिनी सहज रुपमा पाउन पनि मुश्किल छ । जसका कारण उपभोक्ताहरु चिनी किन्न सुपथ मूल्यका पसलमा लाईन लाग्न बाध्य भएका हुन् । सुपथ मूल्यका पसलमा भने चिनी प्रतिकिलो ९७ रुपौयाँ रहेको छ ।

तर यी बिक्री कक्षहरुबाट प्रति परीवार २ किलो मात्रै चिनी बिक्री भैरहेको छ । २ किलो चिनी लिन पनि लामो लाईन बस्नु पर्ने भन्दै उपभोक्ता आक्रोशित पनि देखिन्छन् । चाडबाडको मुखमा आएर चिनी बजारमा पाउनै छाडेकोले जसरी भएपनि जोहो गर्नेपर्ने भएको भन्दै स्कुले विद्यार्थी देखि वृद्ध तथा सानो बच्चा बोकेर सुपथ मुल्य बजार बानेहरु पनि छन् ।

साल्ट ट्रेडिङसँग मौज्दात रहेको ३०० टन चिनी निकालेर बिक्री सुरु गरिएको हो । उपभोक्ताको भीड देख्दा चिनीको मौज्दातले केहीदिन मात्रै धान्न देखिन्छ । त्यसो त सुपथ मूल्यका बिक्री केन्द्रहरु पनि आमउपभोक्तकाको सहज पहुँचमा छैनन् । तोकेका स्थानमा पुग्न नसक्ने र नभ्याउने उपभोक्ताहरुले महँगो मूल्यमा बजारबाटै सामान खरिद गर्नुको विकल्प छैन ।

चाडवाडको बेला सुपथ मूल्य पसल भनेर हल्लाखल्ला गर्ने र झारा टार्ने सरकारी प्रवृत्तिले आम उपभोक्ताका लागि राहत नपुर्याउने पक्का छ भने सुपथ मूल्य पसलले उपलब्ध गराउने सामाग्री पनि हात्तीको मुखमा जिरा हुने निश्चित छ ।