२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


सुदूरपश्चिम विश्वविद्यायलका उपकुलपति जोशी भन्नुहुन्छ – गर्व गर्दै विद्यार्थीलाई इजरायल पठाएका थियौं


2.093k
Shares

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको युद्धमा इजरायलको जोखिम क्षेत्रमा रहेका नेपालीको समेत ज्यान गयो । अकल्पनीय घटनामा सुन्दर भविष्यको कल्पनासहित अध्ययन र कामका लागि इजरायल पुगका नेपाली विद्यार्थीले ज्यान गुमाउँदा यतिखेर सिंगो देश शोकमा डुबेको छ ।

यही असोज २० गते शनिबार इजरायल र प्यालेस्टाइन समर्थक हमास लडाकु हमासबीचको युद्धको खबरले विश्व तरंगित भयो । हमासका लडाकु इजरायल प्रवेश गरी अन्धाधुन्ध आक्रमण गर्दा सैंयौंले मृत्युवरण गरे, हजारौं घाइते भए । ज्याज जोगाउन बंकरमा हामफालेका १० जना नेपाली विद्यार्थी समेत युद्धको चपेटामा परेर ज्यान गुमाउन पुगे ।

क्रुर आक्रमणको नेपाली कलिला विद्यार्थीसमेत शिकार बनेको खबरसँगै आम नेपाली स्तब्ध बन्न पुगे । मृतकका परिवारको हालत त कल्पना बाहिरको कु्रा हो । परिवारको मन थाम्न राजधानी आइपुग्नु भएका सुदूरपश्चिम विश्वविद्यायलका उपकुलपति, प्राध्यापक अमरराज जोशी इजरायलमा मारिएका आफ्ना विद्यार्थीलाई गुमाउनु गरेको पीडामा भक्कानीनुभयो । निकै पीडा भएको उपकुलपति जोशी बताउनुभयो । उहाँले सुदूरपश्चिम विश्वविद्यायलका ४९ जना विद्यार्थीलाई कृषि क्षेत्रमा दक्ष बनाउन सकेकोमा गर्व गर्दै आएकोमा एकाएक घटेको यो अप्रिय घटनाले विश्वविद्यालय नै स्तब्ध बनाएको बताउनुभयो । त्यस्तै, विद्यार्थीहरुको उद्धार र घटनामा मारिएकाहरुको शव व्यवस्थापन छिटो छरितो होस् भन्ने जोशीको आग्रह छ ।

परराष्ट्र मन्त्रालय भने यतिखेर इजरायल सरकार र मित्रराष्ट्रको समन्वयमा जुटेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल बताउनुहुन्छ । केही विद्यार्थीको उद्धार गरी सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेता पनि उनीहरु अझै पनि जोखिममा रहेको बताइएको छ । यसका लागि पनि पहल भइरहेको र नेपाल फर्कन चाहनेको हकमा प्रक्रिया अघि बढेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्साल बताउनुहुन्छ ।

जे होस युद्धको मारमा परेका नेपालीका शव ल्याउन र घर फर्कन चाहनेका लागि छिटोभन्दा छिटो फर्काउने वातावरण बनाउन सरकारी तदारुकता बढाउन आवश्यक देखिन्छ ।