
काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं नजिकिँदै गर्दा विदेशबाट दशैं मान्न घर आउनेहरुको संख्या बढ्दै गरेको छ । वर्षाैंपछि दशैंको बेला स्वदेश आएर आफन्तजनसँग भेट्न पाउँदा उनीहरु दङ्ग देखिन्छन् । तर, यही बेला देश छाड्नेहरुको आँशुले भने घर फर्कनेहरुको खुशीले ल्याएको माहौललाई छायाँमा पार्ने गर्दछ ।
चाडपर्व आइरहेको बेला मन कठोर बनाएन विदेश जान लागेको संजय नागानी बताउनुहुन्छ । चाडवार्डको मुखमा विदेशिनु पर्दाको पीडा संजय र उहाँको परिवारमा देखिन्थ्यो । विमानस्थलमा पुगेपछि ठीकठाक देखिनुभएका संजय जब परिवारसँग छुटिने बेला भावब्विह्ल हुन पुग्नु भयो । यो त एउटा उदाहरण मात्र हो ।
बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सधै झैं विदेशिने युवायुवतीको लर्को लागेको थियो । फरक यति हो कि चाडबार्डको संघारमा विदेशिनेहरुको पीडा अरु बेलाको भन्दा अलि बढी थियो । रोजगारीका लागि विदेश जाने क्रममा बिदाईका लागि पुगेका आफन्तको हालत पनि उस्तै पीडादायी हुने गर्दछ । चाडबार्डका बेला परिवारका सबै सदस्यसँगै बस्न पाए हुन्थ्यो भन्ने त सबैलाई हुन्छ, तर घरव्यवहार परिस्थितिले त्यसो नभन्ने रैछ ।
चाडवार्डको समयमा विदेशिनेको संख्या जति छ, त्यतिनै विदेशबाट घर फर्किनेहरु पनि छन् । लामो समय विदेशमा बसेर परिवारसँग चाडबार्ड मनाउन पाउने संयोग जुर्दा उनीहर दंग देखिन्छन् ।
सबैका लागि देशमै रोजगारी मिलेको भए कसैले पनि यसरी दशैंको मुखमा मन अमिल्याएर विदेशको बाटो तताउनु पर्ने थिएन कि ।
प्रतिक्रिया दिनुहोस्