१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महंगीकाे बेला चाडपर्वमा काम नपाउँदा छाक टार्न कठिन भएको मजदुरको गुनासो


754
Shares

काठमाडौं । विगतका वर्षझैं चाडपर्व नजिकिदै गर्दा महंगी समेत अचाक्लि बढेको छ । दैनिक उपभोग्य बस्तु, हरियो तरकारी देखि खाद्यान्न, तेल, मासु, फलफूल , लत्ताकपडा सबैमा मूल्य बढाइएको छ ।

एकातिर महंगीको मार अर्काेतिर चाडबाडको बेला समेत काम नपाउदा बिहान काम गरी बेलुकाको छाक टार्ने कठिन भएको मजदुरहरुको गुनासो छ । नजिकिएको दशै कसरी मनाउने भन्ने चिन्ताले उनीहरुलाई पिरोलिएका छन् ।

महंगीले यतिखेर दिउँसो काम गरेर बेलुकी छाक टार्ने वर्ग नराम्ररी प्रभावित भएका छन् । बडादशैँको मुखमा महंगी अचाक्ली बढेकाले दशैँ मनाउन सहज नभएको भरियाको दुखेको छ । चाडबाडमा मीठो खान र राम्रो लाउन रहर हुदाहुँदै पनि काम गर्ने भरिया भने कामको अभावले पिरोलिएका छन् । चाडबाडमा विगत केही वर्षमा कामको चटारो भएपनि पछिल्लो समय पठाओले सामान समेत ओसार पसार गर्ने भएकाले काम खोसिएको गुनासो उनीहरुको छ ।

उमेरले पाको देखिएका कृष्ण बुढाथोकीको दीनचर्या पनि उस्तै छ । अन्य समय भन्दा चाडबाडमा केही कामको चटारो भएपनि भनेजति ज्याला पाउन भने सकेका छैनन् । पाएको ज्यालाले दैनिक गुजार्न गाह्रो भएको उनी बताउछन् ।

दसैंका लागि किनमेल गर्नैको चाप बढेसँगै चाडपर्व भित्रिएको महसुस भएको काडमाडौंका विभिन्न क्षेत्रमा देखिएकाे छ । तर आम उपभोक्ताको भान्सा महँगो भएपनि दशै जसरी पनि मनाउनै पर्ने बाध्यता रहेको अर्का मजदुर शंकर खतिवडाको गुनासो छ ।

दशैँपर्व नजिकिँदै गर्दा पर्व खर्च जुटाउन मजदुरको संख्या बजारमा उल्लेख्य देखिन्छ । नजिकिएकाले चाडपर्व मनाउने खर्च जुटाउनका लागि उनीहरु बिहानैदेखि काममा निस्कदा २ सय देखि ५ हजार सम्म कमाउने गरेका छन् भने कहिले खाली हात समेत फर्कनुपरेको दुखेको पोख्छन् । एकातिर कामको अभाव अर्काेतिर बढ्दो महंगीले मजदुर लगायत आम सर्वसाधारण समेत मारमा परेको तर्फ पनि सरकारले ध्यान दिने हो कि ?