
काठमाडौं । नेपालीको महान पर्व दशैं छरिएर रहेका परिवार जुट्ने मौका पनि हो । टाढा टाढा पुगेका छोराछोरी र परिवारका सदस्यहरु घर फर्किने भएकाले पनि यो पर्वको महत्व बढी भएको हो । तर, सबैका सन्तान दशैंमा घर फर्किन पाउँछन् भन्ने छैन । विदेशमा रहेका सन्तान फर्किन नपाएका कारण खल्लो दशैं मनाउन बाध्य परिवारको संख्या दिन प्रतिदिन बढ्दो छ ।
वर्ष दिनमा आएको बडादर्शै घर आँगनमा आइपुग्दा राजधानीको नयाँ बसपार्कमा भेटिएका सुनसरीका प्रभुनाथ पराजुली ६३ वर्षका हुनुभयो । बिगत ४० वर्षदेखि नयाँ बसपार्कमा अरुको सामान बाकेर गुजारा गर्दै आएका पराजुलीलाई दशैं मनाउन गाउँ जानेको सामान बोक्दा पनि दशैं आएको आभाष छैन । त्यसको एउटै कारण हो विदेशिएका आप्mना सन्तान वषौंदेखि घर नआउनु । विदेशमा भएको छोरो १० वर्षभइसक्दा पनि दशैंमा नेपाल नआएको बताउनुहुन्छ । सन्तानबीनाको दशैं के दशैं भयो र भन्नुहुन्छ ।
मनभरी पीडा लिएर पनि आप्mनो काममा रमाएको देखिने पराजुली एक उदाहरण पात्र मात्रै हुनुहुन्छ । देशभित्र रोजगारी नपाएका कारण विदेशिन बाध्य लाखौं नेपाली युवाका दुःखी बाउ आमाका प्रतिनिधि हुनुहुन्छ प्रभुनाथ पराजुली । विदेश गएका सबैका सन्तालने कमाउँछन् भन्ने छैन र सबैले चाडबार्डमा छुट्टी पाएर घर फर्किन पाउँछन् भन्ने पनि छैन ।
विदेश गएका सन्तानहरु चाडबार्डमा नआउँदा थुप्रै दशैंहरु आसै आस र न्यास्रोमा बिताउने बाउ आमाको संख्या पनि उल्लेख्य छ । मीना सिंखडाले विदेश गएको छोरासँग दशैं मनाउन नपाएको दश वर्ष भयो । छोरासँगै दशैं मनाउन नपाएकोमा दुःखी भएको उहाँ बताउनुहुन्छ । दशैंमा घरमा खसीको मासुदेख्दा पनि विदेशीया सन्तानलाई सम्झेर रुनमन लाग्ने मीना बताउनुहुन्छ ।
पढाइ लेखाइ भएका सन्तालहरु देशमा रोजगारी नपाएर विदेशिनु पर्दाको पीडा चाडबार्डमा झन् बढी हुने उनीहरुको अनुभव छ । युवा युवतीहरु दैनिक सयौंको संख्यामा विदेश गईरहेको सुनेका फतिक प्रसाद सापकोटा आगामी दिनमा कसैले पनि आफ्ना सन्तानसँग दशैं मनाउन नपाउने अवस्था आउने बताउनुहुन्छ ।
नुवाकोटका टीकादेव रिमाल हुन कि कुमार पण्डित, विदेशमा रहेका सन्तानहरुलाई सम्झिएरै दर्शै मनाउन बाध्य भएको बताउनुहुन्छ । यस्तै, पीडित बाउआमाका सन्तानहरुले पठाएको रेमिट्यान्सले देशमा हालिमुहाली गरेका शासकहरुले यिनका आँसुको पीडा अनुभूत गरेर योजना बनाईदिए अर्को पुस्ताले चाडबार्डमा रुनु पर्ने थिएन कि !
प्रतिक्रिया दिनुहोस्