२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


दशैंमा गाउँ जान उत्साहित बालबालिका


455
Shares

काठमाडौं । चाडपर्व सबैका लागि हो, तर बालबालिकाका लागि भने अरुका लागि भन्दा विशेष हो । दशैंका लागि घर जाने हतारोमा रहेका अभिभावकसँगै बसपार्कमा भेटिएका बालबालिकाको उमंगले पनि दशैं उनीहरुका लागि कति महत्वपूर्ण छ भन्ने देखाउँछ ।

यतिबेला राजधानीको नयाँ बसपार्क लगायत विभिन्न स्थानमा घर फर्कनेहरुको भीडले दशैंको महत्व झल्काउँछ । झिटीगुण्टा बोकेर शहर छाड्न हतार गर्नेहरुको भीड थामिन नसक्नु छ । शहरबाट गाउँ जाने तर्खरमा रहेकाहरुको भीडमा सबैभन्दा उत्साहित भने बालबालिका देखिन्छन् ।

अभिभावकहरुले टिकटको जोहो गर्दा होस वा बस चढ्ने क्रममा, अधिकांश बालबालिकाको तरङ्गिगत भईरहेका हुन्छन् । त्यसमाथि सामानका झोला सकि नसकि बोकेर हिडेको देख्दा दशैंले बालबालिकामा ल्याएको खुशी र उमङ्ग प्रकट गर्दछ । एक त स्कुलको लामो छुट्टी त्यसमाथि नयाँ कपडामा सजिएर बाउआमासँग घर जान पाउँदा उनीहरु दंग देखिन्छन् ।

टिकटका लागि बसपार्कको काउन्टर धाएका आफ्ना अभिभावकको प्रतिक्षामा गरिरहेका एक बालक भन्छन् घर जान धेरै आत्तेको बताउछन् । उसैगरी गाउँ जाने हतारोमा देखिन्छन् । गाउँ जाने उमङ्गसँगै बालिकामा भने दशैंमा टीका लगाएपछि पाइने दक्षिणा सम्झेरै हर्षित देखिन्छन् । गाउँको घर जाने, मामा घर जाने, टीका लगाउने मात्रै होइन दशैंमा पिङ खेल्न पाइने कुराले पनि उनीहरुलाई खुशी बनाउँदो रहेछ ।

चाडवाडले बालबालिकाहरुमा ल्याउने खुशी र उत्साहले हाम्रा पर्वहरुको महत्वलाई अझ बढी उजागर गर्नेमा शंका छैन ।