२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एनआरएनए निर्वाचन : विदेशबाटै मतदान


234
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को जारी ११ औं अधिवेशनका अन्तर्गत बिहीबार काठमाडौंको सोल्टी होटेलमा नृतत्व चयनका लागि मतदान भएको छ । यो पटकदेखि गैर आवासीय नेपालीहरुले आपूm बसेकै ठाउँबाट मतदान गर्न थालेका हुन् । विकसित राष्ट्रहरुमा पनि यो प्रविधि प्रयोग हुँदै आइरहेको छ ।

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा मतदान सुरु भएको छ । एनआरएनएको जारी ११औं अधिवेशनमा विद्युतीय मतदान मध्यराति १२ बजे नै सुरु भए पनि काठमाडौंमा उपस्थित प्रतिनिधिले बिहीबार बिहान १० बजेदेखि मतदान गर्न थालेका हुन् । उनीहरुले राति ८ बजेसम्म सोल्टी होटलमा पुगेर मतदान गर्नुपर्ने छ । फेसियल भेरिफिकेसनका आधारमा मतदान गर्नेले राति १२ बजेसम्म मतदान गर्ने छन् ।

यो वर्षदेखि अधिवेशनको लागि काठमाडौं आउन नसक्ने गैरआवासीय नेपालीहरुले आफू बसेको ठाउँबाट विद्युतीय मतदान गर्न पाउने भएकोले धेरै सजिलो भएको उम्मेदवारहरु बताउँछन् ।

११औं अधिवेशनदेखि अनलाइन भोटिङ्ग सुरु गर्ने मौका मिलेको छ । विकसित राष्ट्रहरुमा पनि यो प्रविधिको प्रयोग हुँदै आएको छ । हालसम्म यो प्रविधी सफल नै भैरहेको कारण विद्युतीय प्रविधी विश्वास गर्न योग्य रहेको इन्दिरा त्रिपाठी बताउनुहुन्छ । त्यस्तै, विद्युतीय मतदान विश्वसनिय भएको गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटा बताउनुहुन्छ ।

एनआरएनएको जारी ११औं अधिवेशनका लागि कूल ४ हजार २ सय २७ प्रतिनिधि छन् । जसमध्ये काठमाडौंमा ६ वटै क्षेत्रका ८ सय २६ प्रतिनिधि भेला भएका छन् । जसमा अफ्रिकाबाट ११, अमेरिकाबाट १सय २१, एसिया प्यासेफिकबाट १सय ९१, युरोपबाट २ सय २९, मध्यपूर्वबाट २ सय २ र ओसियानाबाट ७२ जना छन् ।

गैरआवासीय नेपाली संघ ८७ देशमा विस्तार भएकोमा ५९ देशले नयाँ कार्यसमिति चुनिसकेका छन् । आगामी नेतृत्वका लागि ४ जना अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् । निर्वाचन समितिका अनुसार डा. बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापा अध्यक्षका लागि चुनाव लड्दै छन् ।