
काठमाडौं । दशैंमा फलफूलका पसलमा ग्राहकको धेरै चहलपहल हुने गर्दछ । तर, फलफूल बजारमा यो वर्ष खासै चहलपहल छैन । फलफूल बजारमा दशैं, तिहारको समयमा भिडभाड हुनु पर्ने हो । तर, यस पटक सोचे जस्तो व्यापार देखिँदैन ।
ठूला चाडपर्वको समयमा दशैंभर फलफूलको माग उच्च रहने गर्दछ । चाडबार्डको समयमा घरमा प्रयोग गर्नेदेखि कोसेलीका रुपमा फलपूmललाई लिईन्छ । तर, यो वर्ष चाडबार्डको समयमा पनि फलफूलबजारमा खासै चहलपहल बढेको छैन । विगतका वर्षमा यो समयमा निकै चहलपहल हुने बल्खुको फलफूल बजारमा आधा व्यापार घटेको व्यापारीहरु बताउँछन् । फलफूल किन्न आउने ग्राहक कम भएको व्यापारी अविनाश अधिकारी बताउनुहुन्छ । त्यस्तै, पहिलेका वर्षमा दशैंमा बिहानदेखि बेलकासम्म भ्याई नभ्याई हुने फलफूलको व्यापार अहिले सुनसान भएको मनोज प्रजा बताउनुहुन्छ ।
बजामा स्वदेशी उत्पादनको मुस्ताङको स्याउ र चितवनको केरा देखिएपनि अन्य फलफूल भने आयातित रहेको छ । यो वर्ष नेपाली बजारमा यो सिजनमा पहिलो पटक चीनको आँप भित्रीएको छ । चीनको आँप ९० प्रतिशत फलफूल भारत र चीनबाट आयात हुने गर्दछ । नेपालले छिमेकी मुलुक, चीन, भारत, बङ्गलादेश लगायतका विभिन्न देशबाट एक दर्जन बढी जातका फलफूल आयात गर्ने गरेको छ । त्यस्तै, लामो समयदेखि बन्द भएको चिनिया नाका खुलेसँगै चीनबाट बजारमा मागअनुसारको फलफूल ल्याउन सहज भएको छ ।
नेपालमा फलफूलको खेती सिजनमा मात्र हुने र अन्य सिजनमा उत्पादन गर्न सक्ने प्रविधि नभएको कारण पनि फलफूलको आयात हुने गरेको छ । तर, विगतका केही बर्षदेखि नेपालमा व्यवसायिक फलफूल खेती हुन थालेको छ । नेपाली बजारमा अहिले ड्रागन फ्रुट, किबी, एबोकाडो लगायतको माग हुने गरेको छ । आयातित फलफूल भन्दा स्वदेसी उत्पादन नै राम्रो भएकोले केही महंगो भएपनि बजार स्वदेसी फलफूलकै रहेको व्यापारीहरु बताउँछन् ।
किसानबाट सस्तोमा उठाएर ल्याएपनि थोक बजारमा ल्याउँदा फलफूलको मूल्य २ सय ५० प्रतिशत बढी मूल्य हुने गरेको पाइन्छ । थोक बजारमा पनि व्यापारीहरुले आफूखुसी भाउ गर्दा बजारमा समानता रहँदैन । पछिल्लो समय नेपालमा फलफूलको परनिर्भरता थप बढ्दै गएको छ ।
फलफूल खेतीमा नगण्य लगानी र उत्पादनको उचित व्यवस्थापन हुन नसक्दा स्थानीय उत्पादनले थप संकट झेल्नुपर्ने अवस्था आएको हो । त्यस्तै, बढ्दो कालोबजारीको मारमा पनि उपभोक्ता परेका छन् । अझ पसलैपिच्छेका फरक फरक मूल्यले झनै समस्या पर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्