
काठमाडौं । नेपालको इतिहासमा शेयरब जारको सुरुवात २०५० सालबाट औपचारिक रुपमा सुरु भएको हो । २०५३ सालबाट गणना गरि कारोबार भएयता हालसम्म विभिन्न आरोह अवरोह लगानीकर्ताले खेप्नु परेको छ । हालसम्म नेप्से परिसुचक गत भदौमा ३२ सय २७ सम्म पुगेको बजार हाल १९ सयमा थामिएको छ । अर्थतन्त्रको ऐनाको रुपमा चित्रण गरिएको शेयरबजारमा भने सरकारी निकायकै कारण शेयरबजारको विकास हुन नसकेको अर्थविदको विश्लेषण छ ।
लगानीकर्ताको मनोविज्ञानले सबैभन्दा धेरै महत्व दर्शाउने यो बजारमा चलखेलकै कारण कतिपय लगानीकर्ताले मनग्ये कमाउने गरेका छन् भने कतिपय लगानीकर्ताको सम्पत्ति स्वाहा भएको छ । व्याजदरमा अस्थिरता, मौद्रिक नीति मजबुत नहुनु लगायत अर्थमन्त्रालय र राष्ट्र बैंकबीचको टकराव, धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायमा राजनीतिकरण तथा हस्तक्षेपको शिकार लगानीकर्ता परेको छ । कम्पनीको आईपिओ जारी गर्र्ने बेला गरिएका चलखेलले समेत सोझा साझा लगानीकर्ता फस्दै गएको अर्थविद् डा. रमेशकुमार भण्डारी बताउनुहुन्छ ।
पछिल्लो समय भने बैंक तथा वित्तिय संस्था मर्ज गर्दा बेरोजगारी बढेको तर केही कम्पनीको आईपिओ जारी गर्दा लिस्टेट कम्पनीको मूल्यवृद्धि भएतापनि रेट अफ रिर्टन बढ्न नसकेको अर्थसविद् बताउनुहुन्छ ।
कोरोना कालमा सरकारले पूजीगत खर्च गर्न नसकेपछि बेरोजगार बढ्दै जानु र प्लश टु सकिने वित्तिकै अध्यन तथा रोजगारीका लागि विदेशीने कारणले देशको अर्थतन्त्रसँग जोडिएको शेयरबजार घट्नुको कारक रहेको अर्थविद बताउँछन् ।
सरकारले पूर्वाधारमा लगानी, उद्योग व्यवसाय खोल्न गाह्रर्यता दिएर रोजगारी सिर्जना गरेर विदेशीन बाध्य पारिएका कारण शेयर खरीद गर्न समेत मान्छे नभएका कारण सीमित बर्गमा शेयरको पहुुच पुगेको विश्लेषण एकातिर छ भने अर्कोतिर नेपालमा बैंक तथा वित्तिय संस्थाको आकार ठूलो र बजार सानो भएको असर पनि शेयर बजारमा परेको छ । हाल डिम्याट खाता खोल्नेको संख्या ५० लाख हाराहारीमा पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्