
काठमाडौं । सामाजिक सञ्जालका प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै गएका छन् । सामाजिक सञ्जालको प्रयोगसँगै यसबाट ठगिने र पीडा भोग्नेहरूको संख्या पनि उत्तिकै बढ्दै गएको देखिएको छ ।
सामाजिक सञ्जालको प्रयोगसँगै पछिल्लो समय सञ्जालमार्फत झुठो आस्वासन देखाएर प्रलोभनमा पारी ठग्नेक्रम पनि उत्तिकै बढेको छ । सामाजिक सञ्जालमा अनलाइन सपिङ्गको नाममा नयाँ ठगिको शैली देखिएको हो । अनलाइनबाट सामान खरिद गर्दा अधिकांशतः ठगिने गरेको उपभोक्ताको गुनासो छ । विशेषगरी सामाजिक सञ्चाजलमा ब्राण्डेड सामान देखाएर कमसल सामान भिडाउने गरेको उपभोक्ताको आरोप छ ।
यस्तो ठगी बढेको सरकारी निकायहरुको पनि ठम्याई छ । आवश्यक कानुन नहुँदा ठगीमा कारबाही गर्न समस्या भएको उनीहरुको भनाइ छ । यसरी अनलाइन व्यवसायमार्फत बढ्दो ठगी रोक्न उनीहरुलाई कानुनी दायरामा ल्याउने कानून तयारीमा सरकार रहेको बाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागका प्रवक्ता आनन्दराज पोखरेल बताउनुहुन्छ ।
अनलाइन सपिङ्गको नाममा ठगी गर्नेहरुले आफ्नो ठेगाना समेत गोप्य राख्ने गरेका छन् । ठेगाना नराख्ने र मोबाइलको सिम पनि दुरुपयोग गर्ने गरेका कारण कारवाही गर्न समस्या परेको विभागका प्रवक्ता पोखरेल बताउनुहुन्छ ।
भ्रामक विज्ञापन बाट ठगिने उपभोक्ताले विज्ञापन बोर्डमा उजुरी दिएको खण्डमा त्यस्ता व्यावसायीलाई कारवाही गर्ने विज्ञापन बोर्डका अध्यक्ष लक्षण हुमागाईं बताउनुहुन्छ । कोही उपभोक्ता विज्ञापनको कारणले ठगिएको भए कारवाही गर्ने बोर्डका हुमागाईं बताउनुहुन्छ ।
सामाजिक सञ्जालमा आएका भ्रामक विज्ञापनबाट ठगिनबाट जोगिन उपभोक्ता स्वयं सजग हुनका साथै सरकारले पनि प्रभावकारी कानून बनाउन आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्