२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


छठका लागि काठमाडौंमा घाटहरु सिङ्गारियो


1.43k
Shares

काठमाडौं । विशेषगरि मधेशमा निकैनै हर्षका साथ छठ पर्व मनाइने गरिन्छ । पछिल्लो समय काठमाडौंमा पनि निकै उत्साहपूर्वक छठ मनाइरहेको देखिन्छ । विशेषतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वको अनेक महत्व रहँदै आएको छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण काठमाडौं पनि विभिन्न स्थानमा छठ मनाउन तयारी तीव्र भइरहेको छ ।

मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाईने छठ पर्वको तयारी काठमाडौंमा अन्तिम अवस्थामा पुगेको छ । विशेषगरी तराईका जिल्लाहरुमा मनाईने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रहरुमा समेत मनाउन थालिएको छ । हिन्दुहरुको महान पर्व भएतापनि हाल विभिन्न जातजाती र धर्मका मानिसले समेत मनाउन थालिएका छ । अस्ताउदो सूर्य र उदाउदो सूर्यको विशेष पूजा गरेमा सन्तान प्राप्ति, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सन्तान प्राप्ती र चर्म रोग निको हुने जनविश्वासका साथ मनाउने गरेको .भरत कुमार झा बताउनुहुन्छ ।

यतिबेला छठपर्व मनाउनेहरू काठमाडौंको गुजेश्वरीको गौरीघाट कमलपोखरी लगायका नदी तथा पोखरीलाई विशेष गरि सजाइएकोछ । घाटहरुमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि अन्तिम काम धमाधम भइरहेको छ । सबैलाई घाटमा निःशुल्क प्रवेश रहेको कमलपोखरी छठ समितिका अध्यक्ष राजेन्द्र सिंह बताउनुहुन्छ ।

यता केही समय अगाडी सम्म रानीपोखरीमा छठ पर्व मनाइएकोमा भूकम्प पछिको पुननिर्माण पछि रोक लगाउदा भने केहीमा असन्तुष्टि पनि देख्न सकिन्छ । धार्मिक अनुष्ठान अनुसार पौराणिक कालदेखि नेपाल लगायत भारतमा पनि यो पर्व धूमधामका साथ मनाइने गर्दछ । श्रद्धा, निष्ठा र लोकआस्थाको महान पर्व छठमा विभिन्न भक्ति एवं लोकगीत गाउने परम्परा समेत रहेकोछ ।

हाल गौरीघाटमा ५ सय ३० वटा इन्स्टल निर्माण गरिएका छन् भने कमलपोखरीमा ३ सय ५० वटा निर्माण गरिएको छ ।