
काठमाडौं । चिसो मौसम शुरु भएसँगै देशको एकमात्र सरकारी बाल चिकित्सालय कान्ति बाल अस्पतालमा रुघाखोकी, दम तथा निमोनिया लगायत श्वासप्रवाश्वास सम्बन्धी बिरामी बालबालिकाको चाप बढ्दै गएको छ । थोरै मात्र सावधानी अपनाउन सकिएमा संक्रमणबाट जोगाउन सकिने तर बेलैमा हेक्का नपु¥याए ठूलो स्वास्थ्य जोखिम निम्तिन सक्ने चिकित्सकले बताएका छन् ।
हरेक वर्ष चिसो बढेसँगै विशेषगरी बालबालिकामा विभिन्न श्वासप्रश्वास सम्बन्धी संक्रमण बढ्न गई अस्पतालका बेडहरु संक्रमित बालबालिकाले भरिने गर्दछन् । चिसो मौसम शुरु भएसँगै यो वर्ष पनि अहिले नै कान्ति बाल अस्पतालका बेड रुघाखोकी, दम तथा विभिन्न भाइरल इन्फेक्सनका बिरामी बालबालिकाले भरिएका छन् ।
मौसमविद राजु प्रधानागंका अनुसार आगामी ३ महिना दिनप्रतिदिनको तापक्रम घटने क्रममा रहनेछ । चिसो बढ्ने निश्चित रहेकाले अविभावकले आफ्ना बालबाललिकाहरुका लागि थोरै मात्रै ध्यान दिन सकेमा धेरै संक्रमणबाट जोगाउन सकिने कान्तिबाल अस्पतालका बाल श्वासप्रश्वास रोग विज्ञ डा. जगतजीवन घिमिरे बताउनुहुन्छ ।
गर्मी मौसमको तुलनामा जाडो मौसममा शरीरमा हानी पु¥याउने जीवाणु अलि कम मात्रामा सक्रिय रहने भएता पनि चिसोमा न्यानो कपडा लगाउने र खानपिनमा पनि उचित ध्यान पुर्याउने नगर्दा संक्रमण बढी हुने गरेको बताइन्छ । त्यसैले न्यानो राख्न अनि झोलिलो तातोतातो खानेकुरा प्रसस्त खुवाउन सके संक्रमण धेरैमात्रामा कम हुने चिकित्सको् भनाइ छ ।
ुयसैगरी जथाभावी औषधी सेवनले पनि स्वास्थय समस्या निम्तिने गरेको छ । अलिकति ज्वरो आउने वा रुघा लाग्नेवित्तिकै बालबालिकालाई आफू खुसी कफ सिरप, एन्टिबायोटिक्स, पारासिटामोल लगायतको प्रयोग हानिकारक हुने चिकित्सको भनाइ छ । यस्तै न्यानोका लागि हिटर अनि दाउरा बाल्दा कार्वनमनोअक्साइले झन संक्रमण बढ्ने हुदाँ सावधानी अपनाउन अति आवश्यक रहेको चिकित्सकले बताएका छन् ।
यदी चिसोजन्य कुनै समस्या आएमा साधारणतया तातो झोलिलो खानमा जोड दिने, शिशुको नाक सफा राखी प्राथमिक उपचार गर्ने र समस्या समाधान नभए नजिकैको स्वास्थ्यसस्थामा तत्काल लैजान चिकित्सकको सल्लाह छ ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हुनेमा कुनै सन्देह छैन । त्यसैले चिसोबाट बचाएर आफ्ना बालबालिकाकोे स्वास्थ्यप्रति विशेष ध्यान पु¥याउनु पर्छ । यद्यपि स्वास्थ्यमा समस्या देखिए तत्काल चिकित्सकको परामर्श लिन भने ढिला गर्नु हुँदैन ।
प्रतिक्रिया दिनुहोस्