
स्याङ्जा । स्याङ्जाको एक स्कुलमा विद्यार्थीेले आफ्ना अभिभावकलाई खाद्य परिकार बनाएर खुवाएका छन् । स्कुलमै खाद्य परिकारको महोत्सव गरेर अभिभावकहरुलाई आफैंले बनाएका खाद्य परिकार चखाएका हुन ।
विद्यार्थीले बनाएका परिकारहरु चाख्न विद्यालय परिसरमा शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयहरुको ठूलै भिड लागेको थियो । आफ्नै छोराछोरीले मेहनतले बनाएका परिकारहरु चाख्न अभिभावकहरु लालयित देखिन्थे ।
गल्याङस्थित नेपाल राष्ट्र माध्यमिक विद्यालयले गरेको खाद्य महोत्सवमा विद्यार्थीले दर्जन बढी मिठा–मिठा परिकार बनाएर खुवाएका थिए । विद्यार्थीहरुले विभिन्न खानेकुराका परिकारहरु पकाउँदै बिक्री वितरण गरेका थिए । परम्परागत खानेकुरा हराउँदै गर्दा खाद्य वस्तुका परिकार यसरी बनाउँदै खुवाउन पाउँदा विद्यार्थी पनि खुशी थिए ।
सैद्धान्तिक शिक्षालाई व्यवहारमा उतार्ने उद्देश्यले ६ देखि १२ कक्षासम्म अध्ययरत विद्यार्थीले खाद्य परिकार बनाएर महोत्सवको आयोजना गरेका हुन । महोत्सवमा १८ स्टलबाट विद्यार्थींले १६ प्रकारका परिकार राखेका थिय । विद्यार्थीलाई रमाइ रमाइ सिप सिकाउने तथा संस्कार, संस्कृति एवं अनुशासन बुझाउने विद्यालयको उद्देश्य अनुसार खाद्य महोत्सव आयोजना गरिएको विद्यालयकी प्रधानाध्यापक राजेश शर्माले बताउनुभयो ।
महोत्सवमा कोदोको सेल रोटी, मकैको सेल,वन तरुल, मम,गाजरको हलुवा, सिस्नोको सुप, पकौडा, बटुकलगायत विभिन्न परिकारको स्टल राखिएको थियो । सिकाइसँगै व्यवहार परिवर्तनले नै बालबालिकाले आफ्नो जीवन सैलिलाई व्यवस्थित गर्न यस्ले मद्धत गरेको छ । स्थानीय स्तरमा बनाइने परिकार संग परिचित गराउने र बनाउन सक्ने क्षमता अभिवृद्धि गर्ने बजारीकरण साथै स्वरोजगारमा ठुलो टेवा पुग्ने विश्वास गरीएको छ ।
महोत्सवमा खाद्य परिकार बिक्रीबाट संकलित रकम विद्यार्थीको हक हितमा लगानी गरिने छ । स्थानीय पाठ्यक्रम अनुसार विद्यालयले महोत्सव आयोजना गरेको हो । विद्यार्थीलाई स्थानीय परिकार बनाउन बजारिकण गर्न र शैक्षिक सुधार कार्यक्रम संगै स्थानीय उत्पादन ज्ञान सीप कला संकृति झल्काउन सहयोग पुग्ने गल्याङ नगरपालिकाका मेयर गुरुप्रसाद भट्टराईले बताउनुभयो ।
नेपाल राष्ट्र माध्यमिक विद्यालयले लोप हुँदै गएका स्थानीय परिकार बनाउन सिकाउनुका साथै बजारिकण गर्न पनि सिकाएको छ । यसले विद्यार्थीलाई व्यावहारिक शिक्षा दिनुका साथै उनिहरुलाई आत्मनिर्भर बन्न सिकाएको छ ।
प्रतिक्रिया दिनुहोस्