१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरकारको एक वर्षबारे नेपाली कांग्रेसको धारणा


416
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको एक वर्षको कार्य सम्पादनप्रति सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि सन्तुष्ट देखिएको छैन । कांग्रेस केन्द्रीय समिति वैठकमा सरकारको एक वर्षे अवधिको समीक्षा भइरहेका बेला वरिष्ठ नेताहरुले सरकारको कार्यशैली र काममा ठूलै सुधारको खाँचो औंल्याएका छन् ।

नेपाली कांग्रसेसका पूर्व महामन्त्री समेत रहनु भएका डा शशांक कोइरालाले योजनाविहिन रुपमा हिँडेर सरकारले कुनै दिशा लिन नसक्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय समिति बैठक चलिरहेका बेला ईमेज च्यानलसंग कुरा गर्दै कोइरालाले सुतेको कांग्रेस अब उठ्नु पर्छ भन्नुभयो ।

यस्तै अर्का कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले गठबन्धन सरकारले जनताको चाहना अनुसार काम गर्न नसकेको स्वीकार्दै सरकारको काम र कार्यशैलीलाई आगामी दिनमा सच्याउँदै लैजानुपर्ने बताउनुभयो ।

अर्का कांग्रेस नेता अर्जुन नरसिंह केसीले भने प्रचण्ड सरकारको एक वर्ष पुरै असफल भएको भन्दै ठूलाठूला काण्ड सतहमा ल्याउने तर तिनलाई टुंगो लगाउन नसक्दा जनतामा अविश्वास पैदा भएको जिकीर गर्नुभयो । कांग्रेस सभापति शेरबहादुर देउवा स्वयम्ले गठबन्धन सरकारप्रति निरशा पोख्नु भएको जानकारी दिंदै केसीले सरकारको कार्यशैली सच्याउने आश्वासन देउवाले दिनुभएको बताउनुभयो । बाइट…, अर्जुन नरसिंह केसी, नेता, नेपाली कांग्रेस ।

प्रधानमन्त्री दाहालको सफलता र असफलतामा सत्ता सहयात्री नेपाली कांग्रेस स्वभाविक रुपमा जोडिन्छ । एक वर्षे कार्यकालले जनतामा आशा जगाउन नसकेको स्वीकारोक्ति सबैले गरेका बेला कांग्रेसले अब प्रधानमन्त्री दाहालको कार्यशैलीमा कत्तिको सुधार ल्याउन सक्छ भन्ने प्रतीक्षाको विषय बनेको छ ।