१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


घरजग्गा कारोबार राम्रो हुने आशामा व्यावसायी


624
Shares

काठमाडौं । समग्र अर्थतन्त्र नै मन्दीमा फस्दा घरजग्गाको कारोबार पनि प्रभावित भएको छ । सरकारले कित्ताकाट फुकुवा गरेसँगै बढ्न थालेको घरजग्गाको कारोबार राष्ट्र बैंकले मौद्रिक नीतिमा लचकता अपनाएसँगै तीब्र हुने आशामा घरजग्गा व्यावसायीहरु छन् ।

लामो समयदेखि घर जग्गाको कारोबार शिथिल अवस्थामा रहेको छ । विश्व अर्थतन्त्रमा आएको मन्दीले नेपालको घरजग्गा ब्यावसायलाई पनि पुरै प्रभावित पारेको हो । त्यसमाथि सहरकारी क्षेत्रमा आएको समस्या र नेपाल राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिले घरजग्गा व्यावसायलाई कोमामा पुर्याएको हो । सरकारले जग्गाको कित्ताकाट खोलिसक्दा पनि अपेक्षा अनुसार कारोबार हुन नसक्नुमा नीति बनाउने तर कार्यान्वयन नगर्ने राज्यको प्रवृत्ति मूख्य जिम्मेवार रहेको ब्यावसायीहरुको गुनासो छ ।

पछिल्लो समय राष्ट्र बैंकले मौद्रिक नीतिमा केही लचकता अपाएको र अर्थतन्त्र पनि चलायमान हुने संकेत देखिएकाले घरजग्गा कारोबारले पनि गति लिने विश्वासमा रहेको व्यवसायी किरण थापा बताउनुहुन्छ ।

दीर्घकालीन रुपमा घरजग्गाको कारोबारलाई व्यवस्थित गर्न व्याजदर महत्वपूर्ण हुने भएकाले व्यवसायीले राष्ट्र बैंकसग व्याजदर घटाउन माग समेत गरेका छन् । कारोबारमा भइरहेको अपारदर्शिता, जग्गा कारोबारमा हुने किर्ते, नाफा मात्र हेर्ने प्रवृत्तिलगायतका नकारात्मक पक्षले पनि घरजग्गा व्यावसायलाई असर पु्याएको छ । ल्यान्ड मार्केट कार्यान्वयन र राष्ट्र बैंकले रियल इस्टेट कम्पनीहरुलाई लोन टु भ्यालु ५० प्रतिशत गरेकोमा यसलाई ७० प्रतिशत पु¥याउनपर्ने ग्रीन हील सिटीका अध्यक्ष भेषराज लोहनी बताउनुहुन्छ ।

कोभिडपछि पहिलो पटक घरजग्गा एक्स्पो आयोजना गरेका घर जग्गा ब्यावसायीहरु एक्स्पोबाट कारोबारलाई गति दिन मद्धत मिल्नेमा आसावादी देखिएका छन् । व्यवसायीहरुले मेलामा ग्राहक आकर्षित गर्न किस्ताबन्दीदेखि नगद छुटसम्मका विभिन्न अफर ल्याएका छन् । अपार्टमेन्ट, घडेरी, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, फोहोर निर्माण सामग्रीमा विशेष छुट समेत दिएका छन् । एक्स्पोमा २ अर्ब ५० करोड माथिको कारोबार हुने अपेक्षा समेत उनीहरुको छ ।