१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्वदेशी जुत्ताको माग बढ्दै


468
Shares

काठमाडौं । स्वदेशमै उत्पादित वस्तुको प्रयोग गरौं स्वदेशी सामान उपभोग गरौ स्वदेशमा रोगगारी सृजना गरौं भन्ने उद्देश्यले सञ्चालनमा ल्याइएको काठमाडौंको न्यूरोडमलमा एकै थलोमा रहेको ८ वटा नेपाली ब्राण्डका जुत्ता पसलहरु अहिले उपभोक्ताहरुको रोजाइमा पर्ने गरेको व्यवसायीहरुको दाबी छ ।

विशेषगरी युवा लक्षित यी जुत्ता पसलहरुमा दिनप्रतिदिन ग्राहकको रुची बढ्दै गइरहेको छ । एकै थलोमा आफूले रोजेको खोजेको जुत्ता उपलब्ध हुने भएकोले उपभोक्तहरुले सहज मानेको पाइन्छ भने स्वदेशी उत्पादनको प्रवद्र्धनमा पनि टेवा पुग्ने बताइन्छ । मेला वा अवसरमा मात्र नभै सधैभरि एकै ठाउँमा नेपाली जुत्ता चप्पलहरु पाइने हुँदा उपभोक्ताको समयको बचत हुनुका साथै हरेक हिसाबले किफायती रहेको न्यूरोड मलका अध्यक्ष कृष्णलाल मर्हजन बताउनुहुन्छ ।

नेपालमै बनेका ८ वटा ब्राण्डका विभिन्न डिजाइनका जुत्ता एकै थलोमा पाइन्छ । महिला पुरुष अनि बालबालिकाहरुका लागि जुनसुकै प्रयोजन वा अवसरमा लगाउन मिल्ने जुत्ताहरु यहाँ सुपथ मुल्यमा रहेको व्यापारीको भनाइ छ । यतिमात्र नभै स्वदेशमा उत्पादित वस्तुको उपयोग बढाउने उदेश्यले विशेष छुट पनि दिइएको छ । नेपालमा उत्पादित यी जुत्ताहरु कुनैपनि विदेशी ब्राण्डका जुत्तासँग प्रतिस्पर्धा गर्नसक्ने रहेको व्यापारी सुनिता श्रेष्ठ बताउनुहुन्छ ।

नेपालमा उत्पादित जुत्ताचप्पलले अहिले नेपालको ६५ प्रतिशत माग पुरा गर्न सकिरहेको छ । यतिमात्र हैन ६० भन्दा बढी जुत्ता उद्योगबाट उत्पादित अबांंैका जुत्ताहरु विदेशमा समेत निर्यात हुने गरेको छ । तसर्थ स्वदेशी उत्पादनलाई प्रवद्धन गरी उत्पादनलाई निर्यात गराउन सरकारले सहयोगी भुमीका निर्वाह गर्ने बलियो नीति लिएको खण्डमा विदेशी उत्पादनका आयातलाई क्रमश विस्थापित गराउदै आत्मनिर्भर बन्नेमा दुई मत छैन ।