
काठमाडौं । किसानबाट सस्तोमा खरिद हुने तर, आम उपभोक्ताले खरिद गर्ने बजारमा तरकारीदेखि खाद्य पदार्थको मूल्य अकासिएको छ । बजारमा बढ्दै गएको महँगीका कारण आम उपभोक्ता मर्काेमा परेका छन् ।
नेपाल राष्ट्र बैंकले नेपालीहरुको दैनिक भान्सामा प्रयोग हुने वस्तुहरुको मूल्य घटेको तथ्यांक सार्वजनिक गरेको छ । २०८० मंसिर महिनामा अघिल्लो वर्षको तुलनामा ध्यू तथा तेल १३ प्रतिसत, तरकारी, माछा तथा मासुको मूल्यमा ८ प्रतिशतले कमी आएको बताएको छ ।
यसैगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको र कात्र्तिक महिनाको तुलनामा मंसिर यता फलफूलमा १३, मरमसला ३७, चिनीमा १३, दुग्ध पदार्थ तथा अण्डामा १० र दाल तथा गेडागुडीको १० प्रतिशतले वस्तुहरुको मूल्यमा वृद्धि आएको तथ्यांक सार्वजनिक गरिएको छ ।
तर, सर्वसाधारणको ज्याला तथा तलबमा वृद्धि नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । पछिल्लो समय प्याजको मूल्य नघटेको कारण सर्वसाधारण मर्काेमा परेका छन् नै, राजधानीमा आकाशिएको तरकारी लगायत दैनिक भान्सामा प्रयोग हुने दाल, चिनी, चामल लगायतका वस्तुमा मूल्य वृद्धि हंँुदा आम सर्वसाधारण मर्काेमा परेका छन् । प्याज, आलु, काउली, बोडी, फर्सी र हरियो सागलगायतको मूल्य किसानले बिक्री गर्ने र सर्वसाधारणले व्यवसायी मार्फत किन्दाको मूल्य बीचको फरकले आम सर्वसाधारण मर्काेमा परेका हुन् ।
राज्य नागरिकप्रति जिम्मेवार नभएको कारण र अनुगमन, नियमन फितलो भएका कारण मूल्य वृद्धि नियन्त्रण हुन नसकेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउनुहुन्छ । आयात विस्थापित गरि उत्पादन बढाउँदै आत्मनिर्भर भएमा मात्र किसानले उत्पादन गरेको वस्तुले न्यायोचित मूल्य पाउने उपभोक्ता अधिकारकर्मी तिमल्सिना बताउनुहुन्छ ।
बजारमा देखिएको कालोबजारी सरकारीले कुटनीतिक तरिकाले पहल गर्न नसक्दा पनि बजारमा सबै प्रकारका वस्तुमा मूल्य वृद्धि भएको छ । सरकारले खाद्यवस्तुको मूल्य न्यूनतम र अधिकतम तोक्ने नियम लागु गरेमा मूल्य निर्धारण हुने, किसानले उचित मूल्य पाउने र उपभोक्ता पनि मारमा नपर्ने तर्फ ध्यान दिन जरुरी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्